पाँचपोखरी टि-२० को उपाधि पाँचपोखरी क्रिकेट क्लबले हात पारेको छ । फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरीले उपाधीमाथी कब्जा जमाएको हो ।

पाँच पोखरीका सार्थक धितालले ५४ रनको अर्ध सतकको मद्दतमा चार विकेट गुमाएर ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । यसै क्रममा विवेक राना मगरले ३७ र लाक्पा छिरिङले १७ तथा विजयकुमार धितालले नाटाउट १२ र निशान्त धिताले ४ रन बनाउनुभएको थियो । ह्योल्मोका लाक्पा सोनाम शेर्पाले एक विकेट लिनुभएको थियो भने अन्य ब्याट्म्यान रनाउट भएका थिए ।

१६५ रनको विजय लक्ष्य सहित मैदान उत्रिएको ह्योल्मोले २० ओभरमा आठ विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो ।ह्योल्मोका लागि नामग्याल शेर्पाले ४७ रन विवेक तामाङले २२ दावा सोनाम शेर्पाले २० र लाक्पा सोनाम शेर्पाले १५ रनको नटआउट इनिङ खेले पनि टोलिलाई हारबाट जोगाउन सकेन । पाँच पोखरीका भुवन खड्काले तीन, विवेक राणा मगर र विजयकुमार धितालले दुई दुई तथा सार्थक धितालले एक विकेट लिनुभयो ।

उपाधि सहित पाँचपोखरीले १ लाख रुपैयाँ हात पारेको छ । उपविजेता ह्योल्मो ११ ले ५० हजार प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ द म्याच हुनुभएको बिजयी टोलिका कप्तान सार्थक धिताल म्यान अफ द सिरिज समेत हुनुभएको छ । बेष्ट ब्याट्सम्यान ह्योल्मो ११ का बिनोद तामाङ, बेष्ट बलर पाँचपोखरी क्रिकेट क्लबकै बिजय कुमार धिताल र पाँचपोखरी हिमालयन क्रिकेट क्लबका पासाङ दोर्जे तामाङ उदयमान खेलाडी घोषित हुनुभएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय