सिन्धुपाल्चोक । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बलेफी ८ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए चरी बहादुर तामाङ । नेकपा एमालेबाट उम्मेदवार बनेका तामाङ लामो समयदेखि नेकपा एमालेबाट मूलधारको राजनीति गर्दै आइरहेका छन् । उनी बलेफी ८ मा निर्वाचित भएसँगै वडामा थुप्रै विकास परियोजनाका कामहरू गरेका छन् । हक्की र निडर स्वभावका उनी आफू निर्वाचित भएसँगै वडाका विकासमा उल्लेखनीय काम गरेका छन् । 


चरी बहादुर तामाङले वडामा गरेको विकासका कामहरू 


८० प्रतिशत भन्दा माथि जनसङ्ख्या कृषिमा निर्भर यो स्थानमा स्थानीय किसानको दैनिकीमा हुने गरेका विभिन्न समस्या मध्ये एक हो , सिचाइको समस्या । तर, यस वडाको ग्रामीण भेगमा गएर हेर्ने हो भने हरेक गाउँमा पक्की सिचाइको नहर सहित बाह्रै महिना पर्याप्त पानीको व्यवस्था भएको देख्न सकिन्छ । तामाङ समुदाय भित्र पर्ने लोपोन्मुख जाति पहरी समुदायको बस्ती रहेको यो स्थानका कतिपय भेगमा स्थानीय सरकार आउँदा समेत बिजुली पुग्न सकेको थिएन । हाल सो स्थानमा सुरक्षित कालो तार जडान कार्य सम्पन्न भई , बिजुली प्रसारण पनि सुरु भएको छ । वडाको लेकाली भु–भागमा रहेका स–साना बालबालिकाहरू बाटोकै कारण विद्यालय जान समस्या भएको कारण ढिला भर्ना हुने वा विद्यालय नै नजाने जस्ता समस्या देखिएपछि पक्की गोरेटो बाटो निर्माण गरी विद्यालयमा दिवा खाजाको समेत व्यवस्था गरेपश्चात्, शत प्रतिशत भर्ना दर देखिएको छ । 
भूकम्प पछि ध्वस्त बनेको गाउँका बाटोहरू अहिले पूर्ण रूपमा बनेपछि स्थानीयको दैनिकीमा थप सहजता देख्न सकिन्छ । कठिन भु संरचना रहेको यो वडाको दुई गाउँ बिच अधिकासं  भिरको बाटो हुँदै जोडिन्छ । सो कारण , स्थानीय सरकार आउनु पूर्वको अवस्था हेर्ने हो भने कठिन बाटोमा यात्रा गर्दा लडेर धेरैको मृत्यु भइसकेको थियो तर, बाटो स्तर उन्नति भए सँगै यस्ता घटना पूर्ण रूपमा बन्द भएको छ । हरेक गाउँमा कृषि सडक पुगेपछि , ग्रामीण किसानहरूले उत्पादनलाई बजारमाझ पुर्‍याउन घन्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थान स्थानमा विभिन्न पालिका मुहान भए पनि – बस्तीसम्म त्यसको सही पहुँच नभएको पुर्वअवस्थालाइ मध्ये नजर हरेक घरमा स्वच्छ खानेपानिको व्यवस्था गर्न सम्पूर्ण पूर्वाधार बनिसकेको छ । युवा उद्यमशीलतालाई स्थानीय सरकारले दिएको प्राथमिकताकै कारण – कुखुरा, बाख्रा, तथा अन्य चौपाया पालन ब्यबसायिक रूपमा सुरु भएको छ । 

२०७१ को विसं जुरे पहिरो यसै वडाको सिमाक्षेत्रमा पर्दछ जसबाट प्रभावित जनतालाई हाल सम्म स्थानीय सरकारले बसोबासको व्यवस्था गर्दै , पीडितको नाममा उठेको रकम वितरणमा जोड दिइरहेको छ । बारम्बारको प्राकृतिक प्रकोपबाट भुःक्षय हुँदै आएकाले नदिले गर्ने कटानी रोक्न पक्की पल्म्प ढलान गरी बजार तथा राजमार्ग दुवै सुरक्षित बनाउने काम सुरु भई अन्तिम चरणमा पुगिसकेको छ । स–साना रोगको उपचार हुन नसकेर बर्सेनि धेरैको ज्यान गुमाउन बाध्य स्थानीयको पिडा बुझेर गाउँमै स्वास्थ्य केन्द्र बनाइएको छ । 

भूकम्पले तहस नहस बनाएको स्थानीय संरचनालाई पुनः निमार्ण गरी पुर्वअवस्थामा फर्काउन वडाको भुमिका कदर योग्य देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय