काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई एमाले देखेर ‘ऐँठन’ हुने तर्क गर्नु भएको छ ।

पार्टी कार्यालय, तुलसीलाल स्मृति भवनमा आयोजना गरिएको नेकपाको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनका नेताहरुलाई एमाले सम्झिएर राति ‘ऐँठन’ हुने टिप्पणी गर्नु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजोआज गठबन्धनलाई एमालेसँग तर्सिएर रातभरी ऐँठन हुन्छ। झस्केको झस्कै गर्छ । राति सुत्यो कि एमाले झसंग सम्झन्छ, ऐँठन हुन्छ । सुत्यो कि ऐँठन हुन्छ। किनकी गठबन्धन एमालेसँग डराउँछ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाईलाई जवाफ दिनु भयो । केहीदिन अघिमात्र नेता पौडेलले गठबन्धन देखेर एमाले थरथर कामेको टिप्पणी गर्नु भएको थियो ।

नेता पौडेललाई जवाफ दिँदै अधयक्ष ओलीले भन्नुभयो, ‘एकजनाले अरुले त नपत्याउने आफैँले समेत विश्वास नगरेको कुरो बोल्नु भएछ । गठबन्धन देखेर एमाले थरथर काम्छ भनेर एकजनाले बोले छन्। उहाँसँग भेट भयो भने सोध्न मन छ तपाईं आफैँलाई त पत्यार छ रु’

अध्यक्ष ओलीले गठबन्धनलाई ‘कठै बरा १’ भन्दै थोत्रा टालाहरुको पुतलीको रुपमा अर्थ्याउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनजस्तो त्यो कठै बरा १ यस्तो बेहालको छ, अदालतले जडान गरेको थोत्रा टालाहरुको पुतली, यस्तासँग एमाले डराउँछ रे !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय