६ वटा महानगरमध्ये माओवादीले लिने कहाँ त ? हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं । सायद गठबन्धनमा सहमति हुन्छ होला । भएन भने हाम्रा लागि प्रतिष्ठाकै विषय हो ।

२३ चैत, चितवन । चुनावी तालमेल गर्न तयार भएको नेपाली कांग्रेसले भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ । भरतपुरको मेयर कुनै हालतमा नछाड्ने चितवन कांग्रेसको अडान छ ।

माओवादी केन्द्र पनि भरतपुरको मेयर छाड्न तयार छैन । मेयर रेनु दाहाल भन्छिन्, ‘अरूका लागि प्रतिष्ठाको विषय हुन्छ भने हाम्रा लागि झनै हुन्छ नि ! हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं ।’

सत्तारुढ गठबन्धनमा सहमति जुट्ने उनको दाबी छ । नभए माओवादीले एक्लै भएपनि चुनाव लड्ने उनी बताउँछिन् । मेयर रेनुले अघि भन्छिन्, ‘माओवादी केन्द्रमा (मेयरको उम्मेदवारमा) मेरो नाम निर्विकल्प जस्तै छ ।’

प्रस्तुत छ, मेयर दाहालसँग अनलाइनखबरकर्मी बिनु सुवेदी, रामकुमार डिसी र सुवास पण्डितले गरेको कुराकानीको सम्पादित अंश :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय