मेलम्ची / लगातारको बर्षाले मेलम्ची नगरपालिकाका बिभिन वडा हरुमा घर क्षती तथा जोखिममा परेका छ्न । मेलम्ची नगरपालिका वडा न १ को डाडागाउ वडा न ३ हैबुङको भन्ज्याङ तथा वडा न ४ को अमले लगायत क्षेत्रमा क्षती तथा जोखिम बढाएपछी आज नगर उप प्रमुख उमा प्रधान , वातावरण अधिकृत सुजन दुलाल , प्राबिधिक अन्जना कार्की लगायतले उक्त स्थानहरुमा पुगि आवश्यक सामग्री प्रदान गर्नुभयो छ ।


उप प्रमुख प्रधानले जथाभावी सडक ट्र्याक खन्दा धेरै बस्ती जोखिममा रहेको भन्दै उहाँले घर सुरक्षित राखी अहिलेलाइ सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो साथै वर्खा लगतै नगरपालिकाको नीति गत व्यवस्था बमोजिम जोखिम न्यूनीकरणका कार्यहरु अगि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।


केही घर सुरुक्षाका लागि पहिरो छोप्न प्लास्टिक , त्यस्तै त्रीपाल बितरण गरिएको र आवश्यक परे टेन्ट उपलब्ध गराउने वातावरण अधिकृत दुलालले बताउनुभयो ।
थकनिका उच्च जोखिममा रहेका १५ घर परिवारलाई बिज्ञको रिपोर्टको आधारमा लाभग्राही कायम गरि आवश पुनः निर्माणका लागि पहिलो किस्ताको रकम पठाइसकेका उहाँले े बताउनुभया बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय