सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आज रातिको वर्षाबाट क्षति भएको फट्टेको अस्थायी ‘ह्युमपाइप कल्भर्ट’लाई निकाल्न निर्देशन दिनुभएको छ । 

आज बिहान स्थलगत निरीक्षणका लागि निस्कनुभएका तामाङले जोखिम रहेको भन्दै ह्युमपाइपलाई निकाल्न निर्देशन दिनुभएको हो । 

उहाँले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ८ का आम नागरिकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्नु भएको छ । बाहुनेपाटी खाल्डे सडकमा  पहिरो आइ अवरुद्ध भएको सडक सुचारु गर्न र तत्काल ग्राभेल राखी मर्मत गर्न समेत निर्देशन दिनुभएको मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्किले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय