सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ब्यक्ति र पार्टि हेरेर मात्र जनतालाई सेवासुविधा दिनेगरेको गुनासो आएको छ । जनताहरु सेवालिन जाँदा फरक पार्टिको र आफुलाई भोट नहालेको भन्दै निवेदन नै नलिने गरेको गुनासो आएको हेलम्बु गाउँपालिका अध्यक्ष पदका प्रत्यासि दावा लामा ह्योल्मोले दावि गर्नुभयो ।

नेकपा एमाले उम्मेदवार ह्योल्मोले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ता घ्रिणित गतिविधि नगर्न समेत आग्रह गर्नुभएको छ । लामाले जनताको सबैभन्दा नजिकको सुखदुःखको सरकार स्थानिय सरकार भएपनि जनताको भावना बुझ्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

चुनाव एउटा लोकतान्त्रिक पद्धति भएकाले हारजित हुनु स्वाभाविक भन्दै लामाले चुनाव जितेर जनप्रतिनिधि भैसकेपछी जनताको सेवा गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । सेवा प्रबाहमा फरक पार्टी भएकै कारण बाधक बन्नु दुःखद् कुरा भएको लामाको भनाई छ ।

जनताप्रतिको धोका कहिल्यै पनि स्वीकार्य नहुँने भन्दै दावा लामा ह्योल्मोले भेदभाव नगर्न सुझाव दिनुभएको छ । स्थानियको भावना,गुनासो र समस्या सम्बोधन गर्नुहुन समेत लामाले आग्रह गर्नुभएको छ ।

साथै वर्षा सुरुभए संगै बाढी तथा पहिरोको उच्च जोखिममा रहेको हेलम्बु गाउपालिकाका नागरिकहरुमा सुरक्षित रहनुहुन आग्रह गर्दछु । कुनैपनी समस्या ,राहत तथा उद्दारको लागि सधैभरी तयार रहेको ह्योल्मोले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय