नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सुभकामना प्रदान गरेको छ । आज संगठन द्वारा आयोजित कार्यक्रममा निर्वाचित अध्यक्ष झम्क नेपाल ले शिक्षक हरुको शिर झुक्न नदिने बताउनुभयो ।

उहाँले शिक्षा बाट मात्र समाज परिवर्तन गर्न सकिने बताउदै गुणस्तरीय शिक्षा अबको प्राथमिकता भएको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका इन्द्रावती गाउँपालिका कमिटी अध्यक्ष सावित्री गजुरेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय अनुशासन कमिटी सदस्य एवं मेलम्ची नगरका निवर्तमान प्रमुख डम्बर अर्यालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पालिका अध्यक्ष झम्क नेपाल उपाध्यक्ष सोभाना तमाङ १२ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य हरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती प्रदेश सचिव राजेन्द्र शेष्ठले शैक्षिक सुधारका लागि गाउँपालिकाले पहल लिनुपर्ने बताउनुभयो । सिन्धु साहित्य प्रतिष्ठानका सदस्य जगन्नाथ आचार्यले कबिता वाचन गर्नुभएको संगठनका सचिव उद्धव लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय