पोखरा – नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका व्यक्ति उपाध्यक्षमा निर्विरोध हुनु भएको छ ।

 एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो। तर उहाँ उपाध्यक्ष बनेका हुन् । उहाँ निर्विरोध भएको एमाले सचिव एवं गण्डकी प्रदेशकी इन्चार्ज पद्मा अर्यालले जानकारी दिनु भयो ।

अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामासहित तीन जना उठेका छन् । कांग्रेसबाटै कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका हुन् । अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ ।

यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भएका छन् । बाँकी २ वडामा २-२ जना उठेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय