सिन्धुपाल्चोक । जिल्लामा क्रियाशील पत्रकारहरू दिपिन ढुङ्गाना र अनिश तिवारीलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार जिल्लाका क्रियाशील दुई पत्रकारले पाएका हुन् ।
इन्द्रेश्वरी माविमा आयोजित एक कार्यक्रमका बिच पत्रकारिता क्षेत्रका क्रियाशील पत्रकार ढुङ्गाना र तिवारीलाई पुरस्कार स्वरूप रु ५ हजार १ सय रुपियाँसहित सम्मान गरिएको हो । ढुङ्गाना रेडियो मेलम्ची र तिवारी कान्तिपुर दैनिकका समाचारदाता हुन् ।

शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील ६ पत्रकारलाई सम्मान गरिसकेको छ । यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, ध्रुव दंगाल र दिनेश थापा, देवराज सुवेदी,दुर्गा आचार्यले यो पुरस्कार पाइसक्नुभएको छ ।

आफ्नो बुबा र सानुबाबुको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसइई टपरहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको संस्थाका कार्यकारी अध्यक्ष सुदर्शन पाण्डेले जानकारी दिनुभयो । अहिले संस्थाले दृष्टिविहीन, अपागं, दलित र आर्थिक अवस्था कमजोर भएकाहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय