सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित ‘दोस्रो पूर्ण बैठक तथा दुई दिने आवसीय प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।

शनिवार दुई दिने प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला कमिटी ,पालिका कमिटी र क्याम्पस कमिटीमा प्रतिनिधित्व गर्ने बिद्यार्थीहरुलाइ विभिन्न विषयमा प्रशिक्षण गराइएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष लक्ष्मण सिलवालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङ हुनुहुन्थ्यो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको सम्भावना र चुनौतीको विषयमा प्रशिक्षण दिनुभयो । त्यस्तै कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष कमल नेपालले नेकपा एमाले सिन्धुपाल्चोकको विगत ,वर्तमान , र भविष्यको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य होमनारायण श्रेष्ठले जनताको बहुदलीय जनवादको विचार र दर्शनको बारेमा प्रशिक्षण गराउनुभएको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष एवम् पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवम् विद्यार्थी फाँट इन्चार्ज चन्द्र थिङले अनेरास्ववियु सिन्धुपाल्चोकको इतिहास र अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष लोकेश निरौलाले अनेरास्ववियुको कार्यभार र कार्यविधिको विषयमा चर्चा गर्नुभएको थियो ।

अनेरास्ववियु बाग्मती प्रदेश कमिटी अध्यक्ष सन्तोष राना क्षेत्रीले स्थानीय तहको शैक्षिक सुधारको निम्ति अनेरास्ववियुले खेल्न पर्ने भूमिकाको बारेमा प्रशिक्षण गराउनुभएको थियो । त्यस्तै पार्टी जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य विदुर भट्टराईले कानुन सम्बन्धी विषयमा प्रशिक्षण गराउनुभएको थियो ।

दुई दिने प्रशिक्षण कार्यक्रमसँगै अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न विभागका प्रमुख र उप प्रमुखको टुङ्गो लगाएको र दोस्रो पूर्ण बैठकले सचिवालय गठन र विभिन्न जिम्मेवारीहरू समेत बाँडफाँड गरिएको अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी सचिव दीपक चौलागाईंले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम् विद्यार्थी फाँट इन्चार्ज हिरा चौलागाईं,अनेरास्ववियु केन्द्रीय सदस्य एवम् विद्यार्थी फाँट सह इन्चार्ज राम चन्द्र थापा,अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य वैकुण्ठ लुइँटेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य नीराजन पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्वागत मन्तव्य सङ्गठनका उपाध्यक्ष शीतल मोक्तानले राख्नुभएको थियो । कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष लक्ष्मण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव दीपक चौलागाईंले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय