नेकपा एमाले स्थाई कमिटि सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले क्षेत्र नम्बर २का सांसद मोहन बस्नेत तर्फ लक्षित गर्दै दिउसो लाई रात पार्ने झिलिमिलि पार्छु भन्नेहरु अहिले कता छन् भन्दै प्रश्न गर्नुभएको छ । उहाँले नेकपा एमालेको नेतृत्व र अगुवाईमा राष्ट्रपती बनाउने बताउनुभएको छ । एमालेले नेतृत्व गरेका बेला मुलुकको परिवर्तनका लागी केहि न केहि नयाँकाम सुरु गरेको उल्लेख गर्दै एमालेको सरकार आएपछि जनतालाई देशमा परिवर्तन हुन्छ भन्ने विश्वास हुने उहाँले बताउनुभयो ।

नेकपा एमाले क्षेत्र नम्बर २को बृहत क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा पूर्व मन्त्री समेत रहेका तामाङले एमालेले बनाएका गठबन्धन तोड्का लागी दिलोज्यान दिएर केह दलहरु लागि परेको दावि गर्नुभयो ।

उहाँले बाहुनेपाटी पुल निमार्ण, मध्यपहाडी लोकमार्ग लगायतका विषयमा आफुले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै मोहन बस्नेतले पुल बनाउनु शेर बहादुर तामाङले रोक्यो भनेर बोल्दै हिडेको कुराप्रती आपत्ति जनाउनुभयो । उहाँले मेलम्चीमा पक्कि पुल बन्नुपर्ने भन्दै बेलिब्रिज हालेर झारा तिर्न नपाइने बताउनुभयो । तामाङले यी सबैकुराको पहल गर्ने नेतृत्व गर्ने कुरामा नेकपा एमाले सधै लागिरहने बताउनुभयो ।

तामाङले १ नम्बर क्षेत्रका जनतालाई झुक्याएर २ नम्बर जनताको आँखामा छारो हाल्न आएको भन्दै त्यो प्रवृती यहाँका जनतालाई नपच्ने बताउुभयो । उहाँले फेरीपनि यो मुलुकको समृद्धिको अगुवाई एमालेले नै गर्ने बताउनुभयो । केपि ओलीले मुलुकको समृद्धि र विकासको लागी गरेको अगुवाईले अरुलाई टाउको दुखेको बताउनुभयो । उहाँले एमालेको काँधमा बसेर प्रधानमन्त्री बन्नेले अहिले माथि बसेर बिस्ट्याउन थालेको बताउनुभयो । उहाँले नेकपा एमालेले एक्लै जित्नेगरी तयारी गर्नुपर्ने भएकालेनै अहिले मिसनग्रासरुट अभियान लिएर एमालेका नेता कार्यकर्ता घरघरमा पुगिरेहको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय