काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले केही दिनमै पानी काठमाडौं पठाउने तयारी गरिरहँदा स्थानीयले भने बन्द गर्ने चेतावनी दिएका छन्।

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले यसबारे आन्दोलनका कार्यक्रम बनाउन शनिबार हेलम्बु गाउँपालिका वडा नम्बर २ को गणेशे बगरमा भेला डाकेको छ।

हेलम्बु-२ का पूर्व वडाध्यक्ष छिरीङ ग्याल्बो लामाको नेतृत्वमा बैठक बस्न लागेको स्थानीयले बताएका छन्। मेलम्ची आयोजनाकै कारण भ्रेमाथाङ पहिरो सिर्जित भएको र नदीको तटीय क्षेत्रका बासिन्दाले क्षति भोगेको उनीहरुको आरोप छ।

‘तर हामीलाई कुनै क्षतिपूर्ति आएको छैन। आयोजनालाई हामी १२ बुँदे माग राख्छौं,’ संघर्ष समितिका लामाले भने, ‘त्यो पुरा नभए खानेपानी ठप्प पार्छौ।’

खानेपानी आयोजनाको कमजोरीका कारण मेलम्ची खोलामा आएको बाढीले नदीको तटीय क्षेत्रका उब्जाउ जमिनमा क्षति पुगेको तर कुनै निकायले वास्ता नगरेको लामाको आरोप छ। २०७८ असार १ गते भ्रेमाथाङबाट आएको बाढीका कारण आयोजनाको हेडवर्क्समा क्षति पुगेको थियो।

सुरेश आचार्य खानेपानी मन्त्रालयको सचिवमा आउनसाथ पुस ४ गते काठमाडौंमा २८ दिनभित्र पानी ल्याउने गरी सिनो हाइड्रोसँग सहमति भएको थियो। आयोजनाले माघ १ गतेभित्र जसरी पनि काठमाडौंमा पानी खसाल्ने बताउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय