काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय निसानले सामूहिक लोक नृत्य प्रतियोगिता तथा एस.इ.इ-२०७९ सम्मान कार्यक्रम छैटौँ संस्करण सम्पन्न गरेको छ ।

शुक्रबार छिमेकी पार्टी प्यालेस जोरपाटीमा सामूहिक लोक नृत्य प्रतियोगिता सहित कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतियोगितामा नेपालय एकेडेमी प्रथम भएको छ । त्यस्तै द्वितीय जीवन तारा एकेडेमी भएको छ भने तृतीय गोकर्णेश्वर लाइट एकेडेमी भएको छ । प्रथम हुनेले क्रमशः २० हजार १५ हजार र १५ हजार नगद प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि अतिथि सन्तोष चालिसेले निसानले गरेको सांस्कृतिक लोक नृत्य प्रतियोगिताको प्रशंसा गर्नुभयो । उहाँले लोपोन्मुख संस्कृतिलाई उजागर गरेकोमा आफू खुसी रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि गाकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले संस्थागत विद्यालयले एक पछि अर्को फड्को मारेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले संस्थागत विद्यालयका विद्यार्थीहरू अरू विद्यालयमा भन्दा सधैँ उत्कृष्ट रहेको बताउनुभयो ।

गेकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले निसानको राष्ट्रलाई नयाँ सन्देश दिएको बताउनुभयो । विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले निसानलाई अतिरिक्त क्रियाकलाप गर्न सुझाउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै सभापति निसानका अध्यक्ष शौर्यनाथ आचार्यले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्न निसान सधैँ अग्रसर रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सहयोगी मनहरूलाई धन्यवाद,आगामी दिनहरूमा पनि यस्तै कार्यक्रम गर्न अग्रसर भइरहने प्रतिबद्धता जनाउँछु ।’

३५ भन्दा बढी विद्यालयहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नवराज सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय