सिन्धुपाल्चोक । नेपाल पब्लिक क्याम्पस सघं सिन्धुपाल्चोक समिति गठन भएको छ ।

आज जिल्लाको सुकुटेमा बसेको सामुदायिक क्याम्पसहरुको भेलाले सो समिति गठन गरेको हो ।

इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष एवम् नेपाल पब्लिक क्याम्पस सघं बागमती प्रदेशका कोषाध्यक्ष सिपि दुलालको संयोजकत्वमा भएको भेलाले चौतारा क्याम्पसका अध्यक्ष गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा अभयानन्द क्याम्पसका अध्यक्ष भवनाथ आचार्य,सचिवमा सुनकोसी क्याम्पसका कृष्णप्रसाद आचार्य,सहसचिवमा जुगल क्याम्पसका पदमप्रसाद पराजुली,कोषाध्यक्षमा मेलम्ची भ्याली क्याम्पसका राजन लामिछाने चयन हुनुभएको संयोजक दुलालले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा इन्द्रावती क्याम्पस राजेन्द्रबहादुर श्रेष्ठ इन्द्रावती, जलबिरे भ्याली क्याम्पसका राजेश थापा, अरनिको क्याम्पसका यमबहादुर बस्नेत, ठोकर्पा सामुदायिक क्याम्पसका हिक्मतबहादुर खत्री चयन हुनुभएको हो ।

त्यस्तै सल्लाहकारमा ठोकर्पा सामुदायिक क्याम्पसका शिवप्रसाद न्यौपानेको संयोजकत्वमा इन्द्रावती क्याम्पसका राधाकृष्ण श्रेष्ठ, चौतारा बहुमुखी क्याम्पसका नगेन्द्रप्रसाद दंगाल, अभयानन्द शिक्षा क्याम्पसका कुञ्जरमणी भट्टराई, अरनिको क्याम्पसका बासुदेव श्रेष्ठ, सुनकोसी क्याम्पसका सुकदेव तिमल्सिना र जलबिरे भ्याली क्याम्पसका चन्द्रप्रसाद सापकोटा चयन हुनुभएको छ ।

कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुइँकेल,प्रदेश सचिव भानुभक्त पाण्डे,केन्द्रिय सदस्य गोविन्दप्रसाद पराजुली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शुभकामना आदानप्रदान तथा सामुदायिक क्याम्पस सञ्चालनको कठिनाइका बारेमा छलफल भएको कार्यक्रममा सहभागि एवम् इन्द्रावती क्याम्पसका उपाध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय