काठमाडौं । संस्था स्थापना दिवसको अवसर पारेर उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बनभोज कार्यक्रम गर्ने भएको छ ।

ललितपुरको गोदावरीमा २६ फागुनमा बनभोज कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौँको ‘पूर्वी बेल्ट’को उत्कृष्ट सहकारीका रुपमा आफूलाई उभ्याएको सहकारीमा ३ हजार भन्दा बढी सदस्यहरु छन् ।

चाबहिलमा मुख्य कार्यलय रहेको सो सहकारीको ब्रम्हखेल र नारायण्टारमासमेत शाखा कार्यलय रहेको छ ।

संस्था स्थापना दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रमको आयोजना गरिएको उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय