सिन्धुपाल्चोक ।  मेलम्ची खानेपानी बाढी पीडित सङ्घर्ष समितिले बाढी प्रभावित समुदायका परिवारका सदस्यहरूको अनिवार्य जीवन बिमा गर्नुपर्ने माग राखेको छ । 

आज (मङ्गलबार) सिन्धुपाल्चोक जिल्ला प्रमुख झम्कप्रसाद आचार्यलाई १७ बुँदे ज्ञापनपत्र बुझाउँदै सङ्घर्ष समितिले यस्तो माग राखेको हो । 

मेलम्ची बाढीले तहसनहस बनाएको मेलम्ची,हेलम्बु क्षेत्रका जनतालाई क्षतिपूर्ति स्वरूप २० लाख रुपैयाँ दिनुपर्ने उनीहरूको माग छ । 

मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्यसमेत रहेका विष्णुमणि आचार्यले मेलम्ची बाढी पीडितको पीडामा सरकारले अनदेखा गर्न नमिल्ने बताए । 

पीडितहरूको पीडामा मलम लगाउन सरकारले तत्कालै एक्सन चाल्नुपर्ने उनको भनाई छ । आचार्यले बाढी गएको झन्डै ३ वर्ष पुग्नै लाग्दा समेत सरकारले मेलम्ची बाढी पीडितलाई उपेक्षा गरेको बताए । 

इन्द्रावती मेलम्ची खानेपानी उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष समेत रहेका आचार्यले सरकारले पीडितहरूका लागि राहत प्याकेज नल्याए चरणबद्धरुपमा आन्दोलन गर्ने बताए । 

मेलम्ची बाढी गएको झन्डै तीन वर्ष बित्नै लाग्दा पनि सरकारले पीडितहरूका नाउँमा केही गर्न सकेको छैन । मेलम्ची बाढीले घरजग्गा बगाएपछि यहाँका स्थानीयहरू बसाइँ सराइँ गर्न बाध्य भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय