सिन्धुपाल्चोक । नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघं केन्द्रिय समिति काठमाडौंले मेलम्ची नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

आज मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानलाई ७ बुदें ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । पत्रमा नगरपालिकाको वडा स्तरबाटै श्रमिक पञ्जिकरणको ब्यबस्था तत्काल गरी श्रमिकको पेशागत परिचयपत्र मिलाउन, मन्त्रालयबाट स्वीकृत तथा वैशाख १ गते देखि कायान्वयनमा आउँदै गरेको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न गराउन नितिगत र बजेटमा ब्यबस्था लगायतका पूर्वाधार निमार्ण गर्न माग गरिएको छ ।

श्रमिको नेतृत्व गर्ने ट्रेड युनियनहरुको प्रतिनिधित्व गराई श्रमिकका रोजगारी , सुरक्षा, ज्याला निर्धारण, समस्या समाधान, दुर्घटना न्युनिकरण, श्रमिक पञ्जिकरण लगायत विषयका लागि नगर स्तरीय श्रम सम्बन्ध समिति गठन गर्न आग्रह गरिएको काउनका केन्द्रिय अध्यक्ष प्रदीप आचार्यले जानकारी दिनुभयो । विज्ञप्तीमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको विषयमा नगरस्तरीय निति बनाई जनचेतना मुलक कार्यक्रमलाई दुर्घटनाको हिसाबले जोखिममा रहेका स्थानमा स्थलगत संचालन र उक्त स्थानमा व्यबस्थापनले गरेका व्यवस्थाहरु निरिक्षण र कार्यान्वयनको ब्यबस्था मिलाउन, दुर्घटना विमा गराउन, स्वास्थ्यका दृष्टिले अति जोखिममा रहेको क्षेत्र क्रसर उद्योग, इटा उद्योग र ढुंगा खानीमा कार्यरत श्रमिकको नियमित स्वास्थ्य परिक्षण औषधी उपचार तथा अन्य सेवा सुविधाका विषयमा व्यवस्थापनले गर्नुपर्ने कार्यहरुको नितिगत ब्यबस्था मिलाई कार्यान्वयन गर्ने कुरामा सम्बन्धीत निकायको ध्यानाकर्षण गराइएको केन्द्रिय उपमहासचिव गजेन्द्र पुडासैनीले जानकारी दिनुभयो ।

नगरपालिका भित्र संचालित ठुला परियोजनाहरु जस्तै एडिविको सहयोग संचालित मेलम्ची खानेपानी, ग्रामिण सडक, तथा पुल, ठुला विल्डीङ, हाइड्रोपावर लगायतमा कार्यरत श्रमिकहरुको लागि अन्तराष्ट्रिय मापदण्ड बमोजिम सेवा सुविधाको व्यवस्था मिलाउन आग्रह गरिएको जिल्ला काउनका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष अर्जुन खनालले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै नगर उपप्रमुख उमा प्रधानले श्रमिकहरुको समस्या समाधानका लागि नगरपालिका प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय