सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रविन वाइबा निर्वाचित हुनुभएको छ । केन्द्रिय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल,जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्रदेश इन्चार्ज डाक्टर सुजन कडरिया,प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी लगायत अन्य नेताहरुको उपस्थितीमा भएको अधिवेशन बाट वाइबा सहित ३९ सदस्यीय जिल्ला कमिटि चयन गरिएको अनेरास्ववियु सिन्धुपाल्चोकका नवनिर्वाचित सह–सचिव रामहरि कार्कीले जानकारी दिनुभयो ।
नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुपाल्चोकको २७ औं अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिवमा सुशील लोप्चन,सह–सचिवमा किशन दुलाल,सविना कार्की,रामहरि कार्की, हरिशरण सुनार, उज्ज्वल रायमाझी, कोषाध्यक्षमा अमिर श्रेष्ठ (अविरन) र कार्यलय सचिवमा राजन स्याङ्बो चयन हुनुभएको कार्कीले जानकारी दिनुभयो । अध्यक्षको जिम्मेवारी लिँदै वाइबाले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय