सिन्धुपाल्चाेक । बाह्रबिसे नगरपालिकाको खुर्सानीबारी कभर्ड हलमा आजदेखि सुरु भएको जिल्लास्तरीय बाह्रबिसे नगर मेयरकप ब्याडमिन्टन प्रतियोगितामा मेलम्ची नगरपालिकाको प्रतिनिधित्व गर्दै गएका मेलम्ची ब्याडमिन्टन एकेडेमीका खेलाडीहरूले प्रतियोगिताको पहिलो दिन उत्कृष्ट प्रदर्शन गरेका छन्।
जसअन्तर्गत जिल्लास्तरीय खुल्ला तर्फ राजन श्रेष्ठ र श्याम गौतमको जोडी, किसन दुलाल र सुदर्शान्त दुलालको जोडी, राजनमान श्रेष्ठ र रुद्रशरण श्रेष्ठको जोडीले बिजय हासिल गर्दै राउण्ड अफ सिक्स्टिनमा प्रवेश गरेका छन भने भेटेरान्स तर्फ पनि विजय हासिल गर्दै नारायणलाल श्रेष्ठ र रबिन बोम्जोनको जोडी कुमार बहादुर सापकोटा र राजनमान श्रेष्ठको जोडी क्वाटरफाइनल प्रवेश गरेका छन।

प्रतियोगितामा सम्पन्न आजकै खेलमा रोशन तिवारी र महेश दुलाल सि पि को जोडीले पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। प्रतियोगिताका बाँकी खेलहरु भोली र फाइनल खेल पर्सी हुनेछन्। साथै मेलम्ची ब्याडमिन्टन एकेडेमीका कोषाध्यक्ष दिपेन्द्र दुलाल र अनिष गरुङको जोडीआजै सम्पन्न पाँचपोखरी गाँउपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगितामा क्वाटरफाइनल प्रवेश गरेका छन्।