सिन्धुपाल्चोक । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ८ रुवाका भूकम्प पिडितलाई सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।
पालिकाको गत मंसिर ५ गते बसेको कार्यपालिकाको बैठकले भूकम्प प्रभावितहरुलाई ५ लाख बराबरको सहयोग गर्ने निणर्य गरेको थियो ।
![](http://subhatime.com/wp-content/uploads/2025/01/5-e1735997609419.jpg)
सोही अनुसार गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी,प्रवक्ता एवम् वडा नम्बर ६का वडा अध्यक्ष नारायण भट्टराई,वडा नम्बर ५का अध्यक्ष काले गोले र १ का वडा अध्यक्ष आलोककुमार स्याङ्बो लगायतको टिमले भूकम्प बाट प्रभावित वडामै पुगेर राहत सामग्री वितरण गरेको हो ।
फाइवर सिरक १९० थान , डस्ना १८५ थान, स्यानिटरी प्याड सहितको किट बक्स १८५ थान सामाग्री सम्बन्धित पिडितहरुलाई नै बितरण गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
कृषि शाखा प्रमुख निमबहादुर गिरी , मोहनबहादुर भट्टराई, उद्दब धिताल सहितको उपस्थितिमा सम्बन्धीत प्रभावितलाईनै सामग्री सहयोग गर्न पाउँदा वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरुले खुशि ब्यक्त गरेका छन् ।
२०७२ सालमा गएको भुकम्पमा मानविय र भौतीक क्षति ब्यहोरेको सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफन्त गुमाउनु पर्दाको पिडा, भौतिक संरचना भत्किएर बारिको पाटामा जिउभरी छपक्कै सीत पर्ने गरि बस्नु पर्ने बाध्यता लाई राम्रोसँग महसुस गरेको स्मरण गर्दै प्रभावितलाई सहयोग गर्न पाउँदा खुशि लागेको पालिकाले जनाएको छ ।