![](https://subhatime.com/wp-content/uploads/2023/09/376735344_329408232949399_4049557210536194789_n.jpg)
काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले एसिया कपमा नेपाली खेलाडीहरूले देखाएको बहादुरीको सम्मान गर्न सरकारसँग माग गरेको छ ।
आइतबार त्रिचन्द्र क्याम्पस अगाडी शान्तिपूर्ण प्रदर्शन गर्दै अनेरास्ववियुले क्रिकेट खेलमा विश्वका टप देश भारत,पाकिस्तान जस्ता राष्ट्रहरूसँगको खेलमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान स्वरूप पुरस्कृत गर्न माग गरेको हो ।
अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय क्रिकेट खेलमैदानमा फ्लड लाइट जडान गर्न समेत माग गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवले सञ्जीव धितालले नेपाली खेलाडीको साथमा अखिल रहेको भन्दै यथाशीघ्र सरकारले नेपाली खेलाडीलाई सम्मान गर्नुपर्ने बताए । नेपाली खेलाडीहरूले विश्वमा छलाङ मारेको भन्दै नेपाली खेलाडीलाई अझ उचाइमा पुर्याउन सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
नेपाली खेलाडीले एसिया कपमा विश्वका नम्बर १ मा रहेको पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो ।
![](https://api.chakrapath.com/Content/coverimage/56a229d2-dc0e-4339-b884-a3e0a9ddcc48.jpg)
![](https://api.chakrapath.com/Content/coverimage/f071afdb-cf7c-4df6-aad1-1baac26c0dab.jpg)
![](https://api.chakrapath.com/Content/coverimage/3d7e6705-083c-4f12-bf62-3d2d4f96cb4d.jpg)
![](https://api.chakrapath.com/Content/coverimage/d302ce33-02e0-4a6d-a54f-a3ec1d196d92.jpg)