• गणेश भण्डारी

काभ्रे । मण्डन मिलेर ‘मण्डनदेउपुर’ नगरपालिका बन्नु अघि नै कुन्तावेसीमा मण्डन उपत्यका सामाजिक विकास समितिको गठन भएको थियो । पछि मण्डन उपत्यकाको नाममा परिणत हुन पुगेको त्यस संस्था मेलम्चीको पानी काठामाडौं लैजाने सन्दर्भमा स्थानीय जनताहरूको आन्दोलनबाट जन्मिएको हो । 

विगत लामो समयदेखि सामाजिक उत्थानको काममा बजेट विनियोजित गराउँदै आएको त्यस संस्थाले विशेष गरी महादेवस्थान, गैह्रिविसौनादेउपुर, चण्डेनी मण्डन, जैसिथोक मण्डन र पाँचखाल गाउँ विकास समिति सहितको ५ गाउँ विकास समितिहरूमा सामाजिक उत्थान सहित विकास निर्माणको काम गर्दै आएको छ । 

कामको दौरानमा साबिक गाउँ विकास समितिहरूबाट सिफारिस लिँदै काम गर्दै आएको संस्थाले नगरपालिका बनेदेखि सिफारिसमा समस्या झेल्न सुरु गरेको छ ।

विकासमा डुब्लिकेशन नहोस् भनेर सिफारिसको प्रावधान भएकोमा जनताको कामै रोक्ने गरी सिफारिस दिन छेक्नुले जनता आक्रान्त छन् । अघिल्लो वर्ष समितिको तर्फबाट लाख बिन्ती गर्दा पनि नगर प्रमुख टोकबहादुर वाइबाले सिफारिस नदिएपछि उप–प्रमुख निर्मला शाहीको सिफारिसमा काम भएको थियो । 

जनताले जनप्रतिनिधि छान्ने लोकतान्त्रिक व्यवस्थामा गठबन्धन गरेर नगर नेतृत्व चयन भएपछि गठबन्धनको तर्फबाट निर्वाचित नगर प्रमुख टोकबहादुर वाइबा र गठबन्धनकै तर्फबाट नेपाली काङ्ग्रेसबाट निर्वाचित उप–प्रमुख विष्णुमणि नेपालको आलटाले रवैयाका कारण मण्डनदेउपुरको यस वर्षको २ करोड ५० लाख बजेट लगभग फ्रिजको अवस्थामा पुगेको छ ।

मेलम्ची खोपानी विकास समिति मार्फत सामाजिक उत्थान समाजलाई बजेट विनियोजित गर्न रोक्न खोज्नु र ढिलासुस्तीबाट असार ९ गते मात्र काम गर्नु भन्ने जानकारी प्राप्त हुन आएकाले र १० गते शनिवार परेकोले समितिले ११ गते नै बैठक राखेर मेलम्चीका प्रतिनिधिहरू समितको फिल्ड निरीक्षणमा जाने क्रममा संशोधन गरी छिटो काम सम्पन्न हुन सक्ने योजना मात्र अगाडी बढाउनु भन्ने कुरालाई मध्यनजर गर्दै योजना संशोधन सहित असार १४ गतेबाट लगातार सिफारिस माग गरिएकोमा आज असार १९ गतेसम्म मेयरले उप मेयर र उपमेयरले मेयर देखाउँदै अलमल गर्दा योजनाको रकम नै फ्रिज हुने हो की भन्ने अवस्थामा पुगेको छ । 

मेलम्चीको योजनाको फिल्ड रिपोर्टको आधारमा कतिपय योजनाहरूको काम आधा आधीमा पुगेकोमा नगरपालिकाले सिफारिस नै अड्काउँदा असार ३० गतेभित्र योजना फर्स्यौट गर्न कठिनाइ सृजना हुने हो कि भन्ने अवस्थामा स्थानीय जनता पुगेका छन् । 

मेलम्ची खानेपानी विकास समिति अन्तर्गत सिन्धुपाल्चोकका इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका लगायतका पालिकाहरू र मण्डन उपत्यका  भित्रकै पाँचखाल गाउँ सामुदायिक समितिलाई त्यहाँको स्थानीय सरकारले बिना आलटाल सिफारिस दिँदा मण्डनदेउपुरमा भने विकासमा विरोधको हिसाबले कहीँ नभएको जात्रा हाँडिगाउँ भएको छ । 

यसै सन्दर्भमा आज पुनः सिफारिस मार्ग गर्न मूल समितिका पदाधिकारी र ५ गाउँ सामुदायिक समितिका पदाधिकारीहरू सहितको टोली नगरपालिका जाँदा मेयर टोकबहादुर वाइवाले बेवास्ता गर्दै कार्यकक्षबाट बाहिरिँदा र उप मेयर विष्णुमणि नेपालले बेलुकी बसौँला भन्दै फिसोल्न खोज्दा मण्डदेउपुरका जनतामा चरम आक्रोश देखिन्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय