अछाम – अछाममा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलसैन नगरपालिकाको प्रमुखमा पुनः पदमबहादुर बोहरा र उपप्रमुखमा संगीता रावल सोडारीलाई छनोट गरेको छ। साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरलाई छनोट गरिएको छ भने उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ ।

कमलबजार नगरपालिकाको प्रमुखमा कटक साउद र उपप्रमुखमा शारदा बिष्टलाई छनोट गरेको छ। पञ्चदेवल नगरपालिकाको प्रमुखमा कमलबहादुर रावल र उपप्रमुखमा राजु सञ्ज्याललाई छनोट गरिएको छ। ।

यस्तै चौरपाटी गाउँपालिकाको अध्यक्षमा रामबहादुर आयजी र उपाध्यक्षमा चन्द्रा रोकाया बुढा, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा लोकबहादुर साउद र उपाध्यक्षमा विन्दु रावल, तृर्माखाद गाउपालिकाको अध्यक्षमा बमबहमखुर विसी र उपाध्यक्षमा निर्मला धमाला, ढकारी गाउँपालिकाको अध्यक्षमा धर्म शाही र उपाध्यक्षमा मायाद्वी बुढालाई छनोट गरेको छ। यस्तै रामारोशन गाउँपालिकाको अध्यक्षको टुंगो लाग्न बाँकी छ भने उपाध्यक्षमा लक्ष्मी धामी साउदलाई छनोट गरेको छ । मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको नाम भने टुंगो लाग्न बाकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय