राजनीति - Subhatime https://subhatime.com/archives/category/rajniti Best News portal In Nepal Tue, 27 Feb 2024 15:32:11 +0000 en-US hourly 1 https://subhatime.com/wp-content/uploads/2022/04/icon-150x150.png राजनीति - Subhatime https://subhatime.com/archives/category/rajniti 32 32 स्वर्गिय रवीन्द्र अधिकारीको स्मृतिमा खाडीचौर बजारमा दीप प्रज्वलन https://subhatime.com/archives/7834 https://subhatime.com/archives/7834?noamp=mobile#respond Tue, 27 Feb 2024 15:32:09 +0000 https://subhatime.com/?p=7834 मेलम्ची । तत्कालीन पर्यटन मन्त्री एवम अनेरास्ववियुका पुर्व अध्यक्ष स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा सिन्धुपाल्चोकको खाडीचौरमा मङ्गलवार साँझ दीप प्रज्वलन गरिएको छ । अधिकारीको छैटौँ स्मृति […]

The post स्वर्गिय रवीन्द्र अधिकारीको स्मृतिमा खाडीचौर बजारमा दीप प्रज्वलन first appeared on Subhatime.

The post स्वर्गिय रवीन्द्र अधिकारीको स्मृतिमा खाडीचौर बजारमा दीप प्रज्वलन appeared first on Subhatime.

]]>

मेलम्ची । तत्कालीन पर्यटन मन्त्री एवम अनेरास्ववियुका पुर्व अध्यक्ष स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा सिन्धुपाल्चोकको खाडीचौरमा मङ्गलवार साँझ दीप प्रज्वलन गरिएको छ । अधिकारीको छैटौँ स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) बलेफी गाउँपालिका कमिटी र सुनकोशी पालिका कमिटीको आयोजनामा दीप प्रज्वलन गरिएको हो।
अनेरास्ववियु बलेफी र सुनकोशीले अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका स्वर्गीय अधिकारीको सम्झनामा खाडीचौर बजार चोकमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु सिन्धुपाल्चो आयोजक कमिटिका सह- सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो । दीप प्रज्वलनसँगै अधिकारीले नेपाली राजनीतिमा पुर्‍याउनु भएको योगदानको स्मरण र चर्चा गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदार, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डुबाउने लक्ष्मणपुर बाँधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीबिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैन जेलखाना हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाइ गरेकै कारण विद्यार्थी आन्दोलनमा स्वर्गीय रवीन्द्र अधिकारीको नाम नमेटिने गरी लेखिएको छ ।


बि.सं. २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी निधन भएको थियो ।

The post स्वर्गिय रवीन्द्र अधिकारीको स्मृतिमा खाडीचौर बजारमा दीप प्रज्वलन first appeared on Subhatime.

The post स्वर्गिय रवीन्द्र अधिकारीको स्मृतिमा खाडीचौर बजारमा दीप प्रज्वलन appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7834/feed 0
अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न अनेरास्ववियुको माग https://subhatime.com/archives/7800 https://subhatime.com/archives/7800?noamp=mobile#respond Fri, 23 Feb 2024 12:32:52 +0000 https://subhatime.com/?p=7800 काठमाडौं । अक्सल क्याम्पसमा एमाले निकट अनेरास्ववियुका नेतामाथि कुटपिट भएको छ । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी अनेरास्ववियु क्याम्पस कमिटीद्धारा […]

The post अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न अनेरास्ववियुको माग first appeared on Subhatime.

The post अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न अनेरास्ववियुको माग appeared first on Subhatime.

]]>

काठमाडौं । अक्सल क्याम्पसमा एमाले निकट अनेरास्ववियुका नेतामाथि कुटपिट भएको छ । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी अनेरास्ववियु क्याम्पस कमिटीद्धारा आयोजित कार्यक्रममा सहभागी भएर निस्किदै गर्दा अनेरास्ववियु क्रान्तिकारीका टोलिले आक्रमण गरेर घाइते बनाएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

अनेरास्ववयुबाट जारी विज्ञप्तिमा भनिएको छ ’आक्रमणको अनेरास्ववियु घोर निन्दा र भर्त्सना गर्दछ’ ’तत्काल सिसिटिभि फुटेज हेरेर अपराधीलाई अविलम्ब पक्राउ गरेर कारबाही अघि नबढाए अनेरास्ववियु प्रतिरोधमा उत्रने प्रशासनलाई चेतावनी दिन चाहान्छौ ।

विज्ञप्तिमा अस्कल क्याम्पसमा पटक पटक भैरहेको यस किसिमको अपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइको लागि संगठन तयार रहेको उल्लेख गर्दै अपराधीलाई राज्यको आडमा संरक्षण गरिरहेको संगठनलाई र प्रहरी प्रशासनलाई राज्यको आडमा गुण्डागर्दी संरक्षण नगर्न समेत अनेरास्ववियुले आग्रह गरेको छ ।

घाइते जोशीलाई टाउकोमा गम्भिर चोट लागेको प्रवत्ता पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार थप उपचारका लागि जोशीलाई बाँसबारी स्थित न्यूरो हस्पिटल पु¥याइएको छ ।

विज्ञप्तिः

The post अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न अनेरास्ववियुको माग first appeared on Subhatime.

The post अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न अनेरास्ववियुको माग appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7800/feed 0
मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु सर्लाहिले जलायो मन्त्री ज्वालाको पुत्ला https://subhatime.com/archives/7785 https://subhatime.com/archives/7785?noamp=mobile#respond Thu, 22 Feb 2024 16:17:40 +0000 https://subhatime.com/?p=7785 काठमाडौं । भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरूको हत्यामा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै […]

The post मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु सर्लाहिले जलायो मन्त्री ज्वालाको पुत्ला first appeared on Subhatime.

The post मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु सर्लाहिले जलायो मन्त्री ज्वालाको पुत्ला appeared first on Subhatime.

]]>

काठमाडौं । भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरूको हत्यामा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु सर्लाहिले अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर बमोजिम अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य समिम बाबु पठानको प्रमुख आतिथ्यता सर्लाही सदरमुकाममा हत्यारा सरकारको नायके प्रचण्ड सामु हत्यारा मन्त्री ज्वालाको राजीनामा माग पत्र पुगोस भनी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही मार्फत अनेनरास्ववियुले प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाए पश्चात् मलङवा नगरपालिका चोकमा कोण शभा सहित मन्त्री ज्वालाको पुत्ला दहन गरिएको अनेरास्ववियु सर्लाही जिल्लाका कार्य बाहक अध्यक्ष आशिल बाबू दाहाले जानकारी दिनुभयो । कोण शभा तथा पुत्ला दहन कार्यक्रममा नालायकसरकारराजिनामादे गोलिहान्दैमान्छेकोमुल्यतोक्नपाइदैन प्रकाशज्वालाराजिनामा_दे लगाएतका नारा लगाइएको थियो ।
कार्यबाहक अध्यक्ष दाहालले कार्यक्रममा उपस्थिति रहनुहुने सम्पुर्ण अनेरास्ववियुका र युवा संघ नेपालका नेता तथा कार्यकर्ता हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उच्च अदालतका पूर्वन्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष अनुसार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण बालकुमारीमा प्रहरीको गोलीबाट युवाहरू मारिएकाले घटनामा संलग्न मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न तथा संलग्न जो कोही भए पनि आवश्यक कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्री समक्ष अनेरास्ववियुले माग गरेको छ ।

गत पुस १३ मा बालकुमारी ललितपुरमा भाषा परीक्षामा सहभागी हुन नपाएपछि युवाले गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको थियो । युवाले आन्दोलन गरिरहेको बेला आन्दोलन स्थलमा सरकारी गाडी लिएर मन्त्री ज्वाला पुगेर भिडलाई भड्काउने काम गरेपछि प्रहरीले गोली चलाएको थियो भने युवाले मन्त्री चढेको गाडी जलाइदिएका थिए । ‘उक्त घटनाको सत्य तथ्य छानबिन गर्न, घटनाका दोषीलाई उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्काउन तथा यस प्रकारका घटनालाई गम्भीरतापूर्वक लिन गठबन्धन सरकारलाई अनेरास्ववियुले चेतावनी समेत दिइएको छ ।

The post मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु सर्लाहिले जलायो मन्त्री ज्वालाको पुत्ला first appeared on Subhatime.

The post मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु सर्लाहिले जलायो मन्त्री ज्वालाको पुत्ला appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7785/feed 0
वैद्यको बर्बरता : चन्दा नपाएपछि सीटीईभीटीका उपाध्यक्ष माथि दुर्व्यवहार प्रयास , घटनाको सर्वत्र भर्त्सना https://subhatime.com/archives/7771 https://subhatime.com/archives/7771?noamp=mobile#respond Wed, 21 Feb 2024 05:08:53 +0000 https://subhatime.com/?p=7771 काठमाडौँ । मागेको जति चन्दा रकम नपाएपछि मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताहरूले सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीमाथि दुर्व्यवहारको प्रयास गरेका छन् ।वैद्य समूहका डीबी शाही, […]

The post वैद्यको बर्बरता : चन्दा नपाएपछि सीटीईभीटीका उपाध्यक्ष माथि दुर्व्यवहार प्रयास , घटनाको सर्वत्र भर्त्सना first appeared on Subhatime.

The post वैद्यको बर्बरता : चन्दा नपाएपछि सीटीईभीटीका उपाध्यक्ष माथि दुर्व्यवहार प्रयास , घटनाको सर्वत्र भर्त्सना appeared first on Subhatime.

]]>

काठमाडौँ । मागेको जति चन्दा रकम नपाएपछि मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताहरूले सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीमाथि दुर्व्यवहारको प्रयास गरेका छन् ।
वैद्य समूहका डीबी शाही, नर बहादुर कुमाल, लक्ष्मण बिक र नवराज भट्टलगायत ६ जनाको समूहले भक्तपुरस्थित सीटीईभीटीको कार्यालयमै पुगी अधिकारीमाथि कार्यकक्षमै दुर्व्यवहारको प्रयास गरेका हुन् । अधिकारीमाथि कालोमोसो दल्ने प्रयास गरे पनि ६ जनाको आपराधिक समूहमाथि उपाध्यक्ष अधिकारीले एक्लै प्रतिवाद गरी उनीहरूको प्रयास विफल पार्नुभएको छ । दुर्व्यवहारको प्रयास असफल पार्नुभएका अधिकारीले आफूमाथि अभद्र व्यवहार गर्ने आपराधिक गिरोहमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।

उनीहरुविरुद्ध सीटीईभीटीका तर्फबाट भक्तपुर प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको बताउनुहुँदै उहाँले दुर्व्यवहारको प्रयास गर्ने वैद्य समूहका कार्यकर्तालाई तत्काल कानुनी कारबाही गर्न माग गर्नुभयो ।
यसैबीच अधिकारीमाथिको भएको साङ्घातिक आक्रमण र दुर्व्यवहारको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिटिभिटि राष्ट्रिय कमिटी, स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्च केन्द्रीय समिति लगायतका संघ सङ्गठनले घोर भर्त्सना गर्दै विरोध जनाएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष अधिकारीमाथि उहाँकै कार्यकक्षमै पुगी गरिएको अभद्र व्यवहारको घटनाप्रति तीनवटै सङ्गठनको ध्यान गएको भन्दै उक्त घटनालाई गम्भीर रूपमा लिई तत्काल दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।
अनेरास्ववियुले यस्ता अनैतिक र अराजनीतिक गतिविधिको सशक्त प्रतिवाद गर्ने जनाउँदै जुनसुकै आवरणमा भएको भए पनि यस्ता आपराधिक गिरोहमाथि कडा कारबाही हुनु पर्ने माग गरेको छ ।
यसैबीच वैद्य माओवादीका कार्यकर्ता बताउने डीबी शाही, नर बहादुर कुमाल, लक्ष्मण बिक र नवराज भट्टलगायतका समूहले अधिकारीसँग पटक पटक चन्दा मागेको अडियो हामीलाई प्राप्त भएको छ । अधिकारीले मागेको जति चन्दा रकम नदिएसँगै आक्रमण र दुर्व्यवहारमा उत्रिएका उनीहरूले घटनालाई राजनीतिक लेपन दिन खोजिरहेका छन् । राजनीतिक नाउँमा लुटी खाने यस्ता गिरोहलाई कुनै पनि हालतमा कडा कारबाही गरिन ढिलाइ गरिनु हुन्न । रकम असुल्नका लागि सोझा सिँधा कर्मचारीमाथि आक्रमण गर्ने र त्यसबाट उम्कन अनेकौँ आरोप प्रत्यारोपको खेती गर्ने यस्ता लुटेरा समूहमाथि कडा कारबाही गरिनु पर्ने आम कर्मचारीहरू बताउँछन् ।

The post वैद्यको बर्बरता : चन्दा नपाएपछि सीटीईभीटीका उपाध्यक्ष माथि दुर्व्यवहार प्रयास , घटनाको सर्वत्र भर्त्सना first appeared on Subhatime.

The post वैद्यको बर्बरता : चन्दा नपाएपछि सीटीईभीटीका उपाध्यक्ष माथि दुर्व्यवहार प्रयास , घटनाको सर्वत्र भर्त्सना appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7771/feed 0
हिमालय सीमापार ः महासचिवको मैदानमा सचिव पराजुली, जितको सम्भावना कति ? https://subhatime.com/archives/7744 https://subhatime.com/archives/7744?noamp=mobile#respond Fri, 09 Feb 2024 06:45:59 +0000 https://subhatime.com/?p=7744 काठमाौं । शनिबार हुने हिमालय सीमापार वाणिज्य संघको अधिवेशनले चुन्ने नयाँ नेतृत्वका लागि चुनावी रस्साकस्सी बढेको छ । शनिबार उद्घाटन भएर आइतबार बन्दसत्रको मिति तोकिएको […]

The post हिमालय सीमापार ः महासचिवको मैदानमा सचिव पराजुली, जितको सम्भावना कति ? first appeared on Subhatime.

The post हिमालय सीमापार ः महासचिवको मैदानमा सचिव पराजुली, जितको सम्भावना कति ? appeared first on Subhatime.

]]>

काठमाौं । शनिबार हुने हिमालय सीमापार वाणिज्य संघको अधिवेशनले चुन्ने नयाँ नेतृत्वका लागि चुनावी रस्साकस्सी बढेको छ । शनिबार उद्घाटन भएर आइतबार बन्दसत्रको मिति तोकिएको अधिवेशनमा अध्यक्षका लागि लोप्साङ शेर्पा र रामहरी कार्कीबीच चुनाव हुने निश्चित छ ।
त्यस्तै महासचिवमा भने अहिलेका वरिष्ठ सचिव भक्त पराजुली मैदानमा छन् । विगतदेखि नै व्यापारी तथा व्यवसायीको हकहितमा आवाज उठाउँदै आएका सचिव पराजुलीले नै महासचिवको बाजी मार्ने सम्भावना प्रबल रहेको संघका सदस्यहरुले बताउँदै आएका छन् ।
स्पष्टवक्ता एवम् मिलनसार स्वभावका पराजुली कार्यकारी भूमिकामा आए संस्थाले अझ सशक्त ढंगमा काम गर्नसक्ने उनीहरुको बुझाइ छ । पराजुली संस्थाको साधारण सदस्य र कार्यसमिति सदस्यहुँदै सचिव भएका हुन् । उनले कुशलतापूर्वक निर्वाह गरेको सचिवको भूमिकाले महासचिवमा पुग्न सहयोग पुर्याउने सदस्यहरुको भनाइ छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे ‘सागर’ र सचिवमा आङदोर्जे शेर्पाको जितको सम्भावना प्रबल गरेको बताइएको छ ।
संघको प्रथम उपाध्यक्ष उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष र केही सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

The post हिमालय सीमापार ः महासचिवको मैदानमा सचिव पराजुली, जितको सम्भावना कति ? first appeared on Subhatime.

The post हिमालय सीमापार ः महासचिवको मैदानमा सचिव पराजुली, जितको सम्भावना कति ? appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7744/feed 0
केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता : पूर्व राष्ट्रपति भण्डारी https://subhatime.com/archives/7726 https://subhatime.com/archives/7726?noamp=mobile#respond Tue, 30 Jan 2024 13:14:18 +0000 https://subhatime.com/?p=7726 काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली […]

The post केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता : पूर्व राष्ट्रपति भण्डारी first appeared on Subhatime.

The post केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता : पूर्व राष्ट्रपति भण्डारी appeared first on Subhatime.

]]>

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्नुहुँदै भण्डारीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन एमाले अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओली सफल हुनुभएको बताउनुभएको हो ।

ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल हुनुभएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भन्नुभयो ।​​​​​​​

ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गर्नुभयो ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उहाँको भनाइ छ । संसद्मा ओलीले गर्नुभएका भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेकाले पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उहाँको भनाइ छ ।

सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताउनुभयो । उहाँले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पार्नुभयो ।

The post केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता : पूर्व राष्ट्रपति भण्डारी first appeared on Subhatime.

The post केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता : पूर्व राष्ट्रपति भण्डारी appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7726/feed 0
संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल https://subhatime.com/archives/7720 https://subhatime.com/archives/7720?noamp=mobile#respond Tue, 30 Jan 2024 13:08:47 +0000 https://subhatime.com/?p=7720 काठमाडौँ , यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्नुभएको छ […]

The post संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल first appeared on Subhatime.

The post संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल appeared first on Subhatime.

]]>

काठमाडौँ , यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्नुभएको छ ।

आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरूलाई बोलाएर आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीका बारेमा छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयको सचिवालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अघिल्लो संसद् अधिवेशनले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसद्लाई बिजनेस दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “अघिल्लो वर्ष संसद्ले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले पनि बिजनेस दिएन भन्ने मत पनि छ तर यसपटक त्यस्तो नहोस् ।”

सो छालफलका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, “संसद् सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँ । मुख्यसचिवले ‘फलो अप’ गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला । यसपटक संसद्लाई व्यवस्थित रूपले बिजनेस दिनुपर्छ । त्यो गुनासो नआउने गरी काम गर्नुहोला ।” 

छलफलमा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद् पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गर्नुभयो ।

बैठकमा सो मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही बिल पेस गर्न सकिने गरी तयारी गरिएको बताउनुभयो ।

सचिव सापकोटाले केही विधेयक संसद् अधिवेशन प्रारम्भ भएलगत्तै संसद्मा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका सन्दर्भमा द्रूत रुपमा काम गरिने जानकारी दिनुभयो ।

The post संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल first appeared on Subhatime.

The post संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7720/feed 0
अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला सम्मेलन स्थगित https://subhatime.com/archives/7453 https://subhatime.com/archives/7453?noamp=mobile#respond Fri, 06 Oct 2023 12:12:49 +0000 https://subhatime.com/?p=7453 अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन स्थगित भएको छ ।  नजिकिँदै गरेको वडा दशैँ ,तिहार,छठलगायतका पर्वहरू र सङ्गठनका जिल्ला सह(संयोजक नवीन पाण्डे र सचिवालय सदस्य […]

The post अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला सम्मेलन स्थगित first appeared on Subhatime.

The post अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला सम्मेलन स्थगित appeared first on Subhatime.

]]>
अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन स्थगित भएको छ । 

नजिकिँदै गरेको वडा दशैँ ,तिहार,छठलगायतका पर्वहरू र सङ्गठनका जिल्ला सह(संयोजक नवीन पाण्डे र सचिवालय सदस्य समीर दोङको निधनमा सङ्गठन शोकमा रहेकोले स्थगित भएको अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कमल बुढाथोकीले जानकारी दिए। 

‘अधिवेशनको सन्दर्भमा हामीले पार्टी नेतृत्व तहसँग छलफल गर्दा पार्टी नेतृत्वबाट पनि हाम्रो सङ्गठन अहिले शोकमा रहेकाले तत्काल अधिवेशन गर्दा शोकमा रमाइलो गरे जस्तो हुने र चाडपर्वहरू पनि नजिकिएकाले अधिवेशनपछि सार्दा हुन्छ भन्ने कुरा आएकाले अधिवेशन अहिले स्थगित गरिएको हो’, उनले भने । 

उनले अहिले केही क्याम्पस कमिटी निर्माण गर्नसमेत बाँकी रहेकाले बाँकी रहेका कमिटीहरू सबै निर्माण सम्पन्न गर्ने र सबै पालिकाहरूको अधिवेशन सम्पन्नपश्चात् जिल्ला अधिवेशन गरिने बताए । 

The post अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला सम्मेलन स्थगित first appeared on Subhatime.

The post अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला सम्मेलन स्थगित appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7453/feed 0
आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न https://subhatime.com/archives/7387 https://subhatime.com/archives/7387?noamp=mobile#respond Fri, 08 Sep 2023 13:53:39 +0000 https://subhatime.com/?p=7387 सिन्धुपाल्चोक । प्रतिफल,पसिनाको कमाई किसानकै हातमा” भन्ने नारा तयगर्दै नगरकोटमा प्रांगारिक उन्मुख तरकारिको छैटौं हाट हजार सञ्चालन हुनुलाई संस्थाले उपलब्धीको रुपमा सार्वजानिक गरेको छ । […]

The post आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न first appeared on Subhatime.

The post आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न appeared first on Subhatime.

]]>
सिन्धुपाल्चोक । प्रतिफल,पसिनाको कमाई किसानकै हातमा” भन्ने नारा तयगर्दै नगरकोटमा प्रांगारिक उन्मुख तरकारिको छैटौं हाट हजार सञ्चालन हुनुलाई संस्थाले उपलब्धीको रुपमा सार्वजानिक गरेको छ । आस्क नेपालका अध्यक्ष रुकुमदत्त पौडेलले कृषिक्षेत्रमा ब्यबशायिक भएर लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।

No description available.
उहाँले संस्थाको परियोजना अब करिब १ बर्षमात्र रहेकाले संस्था पछि पनि निरन्तर कृषिमा आत्मनिर्भर हुन्छु भन्ने उद्धेश्यले लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा चाँगुनारयण नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष धनबहादुर लामाले संस्थाले मण्डनमा कार्यक्रम गरेपनि त्यसको लाभ चाँगुनारयण नगरपालिकाका नागरिकले पनि लिने भएकाले संस्थाको कामसँगै हाट हजार ब्यबस्थानको लागि आफुले पनि पहल गरिरहेको बताउनुभयो ।
उहाँले दुवै पालिकाले विशेष चासो दिएर हाटबजारलाई दिगोरुपमा अगाडी बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । सहभागि मण्डनदेउपुर र चाँगुनारण नगरपालिकाका वडा अध्यक्षहरुले हाट बजारलाई ब्यबस्थित ढंगले अगाडी बढाउनुपर्ने जोड दिनुभएको थियो । आस्क नेपालका मण्डन देउपुरका शाखा प्रमुख बद्रिप्रसाद माकले नगरकोटमा अहिले संचालन भइरहेको हाट बजार उपयोगी र महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले हाट बजार संगै किसानहरुको कृषिबाली बिमाको कार्यक्रमलाई पनि अगाडि लैजानपर्नेमा जोड दिनुभयो । उहाँले अब स्थानीय तहले पशु विमा संगै कृषि बिमालाइ पनि महत्त्व दिने हो भने किसान हरु ढुक्क भएर कृषि कर्ममा लाग्न हौसला मिल्ने बताउनुभयो । मानव जीवनसाग ,स्वास्थ्य सँग र आम्दानी संग जोडिएको कृषि पेशालाइ ब्यबस्थित ढंगले अगाडि बढाउनपर्ने उहाँको भनाई थियो । कार्यक्रममा कृषि ज्ञानकेन्द्र बागमती प्रदेशका प्रमुख कुलप्रसाद दवाडी , स्थानिय कृषक, संस्थाका विभिन्ने क्षेत्रका कर्मचारि लगायतको आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

The post आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न first appeared on Subhatime.

The post आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7387/feed 0
अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन असोज २१ र २२ गते । https://subhatime.com/archives/7381 https://subhatime.com/archives/7381?noamp=mobile#respond Fri, 08 Sep 2023 13:13:27 +0000 https://subhatime.com/?p=7381 सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीको २७ औँ जिल्ला सम्मेलन  असोज २१ र २२ गते गर्ने निर्णय भएको छ ।आज बसेको अनेरास्ववियु जिल्ला आयोजक कमिटी […]

The post अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन असोज २१ र २२ गते । first appeared on Subhatime.

The post अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन असोज २१ र २२ गते । appeared first on Subhatime.

]]>
सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीको २७ औँ जिल्ला सम्मेलन  असोज २१ र २२ गते गर्ने निर्णय भएको छ ।आज बसेको अनेरास्ववियु जिल्ला आयोजक कमिटी सिन्धुपाल्चोक को दोस्रो बैठकले निर्णय गरेको हो ।  

अनेरास्ववियु बागमती प्रदेश कमिटी संयोजक शालिकराम पराजुली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज कमल बुढाथोकी, पूर्व केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य रामचन्द्र थापा , अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटी अध्यक्ष  मिलन कुमार गौतम लगायतको उपस्थितिमा सम्पन्न भएको अनेरास्ववियु जिल्ला आयोजक कमिटी सह संयोजक  नवीन पाण्डेले जानकारी दिनुभयो  ।

The post अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन असोज २१ र २२ गते । first appeared on Subhatime.

The post अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन असोज २१ र २२ गते । appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/7381/feed 0