सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीको २७ औँ जिल्ला सम्मेलन  असोज २१ र २२ गते गर्ने निर्णय भएको छ ।आज बसेको अनेरास्ववियु जिल्ला आयोजक कमिटी सिन्धुपाल्चोक को दोस्रो बैठकले निर्णय गरेको हो ।  

अनेरास्ववियु बागमती प्रदेश कमिटी संयोजक शालिकराम पराजुली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज कमल बुढाथोकी, पूर्व केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य रामचन्द्र थापा , अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटी अध्यक्ष  मिलन कुमार गौतम लगायतको उपस्थितिमा सम्पन्न भएको अनेरास्ववियु जिल्ला आयोजक कमिटी सह संयोजक  नवीन पाण्डेले जानकारी दिनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय