काठमाौं । शनिबार हुने हिमालय सीमापार वाणिज्य संघको अधिवेशनले चुन्ने नयाँ नेतृत्वका लागि चुनावी रस्साकस्सी बढेको छ । शनिबार उद्घाटन भएर आइतबार बन्दसत्रको मिति तोकिएको अधिवेशनमा अध्यक्षका लागि लोप्साङ शेर्पा र रामहरी कार्कीबीच चुनाव हुने निश्चित छ ।
त्यस्तै महासचिवमा भने अहिलेका वरिष्ठ सचिव भक्त पराजुली मैदानमा छन् । विगतदेखि नै व्यापारी तथा व्यवसायीको हकहितमा आवाज उठाउँदै आएका सचिव पराजुलीले नै महासचिवको बाजी मार्ने सम्भावना प्रबल रहेको संघका सदस्यहरुले बताउँदै आएका छन् ।
स्पष्टवक्ता एवम् मिलनसार स्वभावका पराजुली कार्यकारी भूमिकामा आए संस्थाले अझ सशक्त ढंगमा काम गर्नसक्ने उनीहरुको बुझाइ छ । पराजुली संस्थाको साधारण सदस्य र कार्यसमिति सदस्यहुँदै सचिव भएका हुन् । उनले कुशलतापूर्वक निर्वाह गरेको सचिवको भूमिकाले महासचिवमा पुग्न सहयोग पुर्याउने सदस्यहरुको भनाइ छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे ‘सागर’ र सचिवमा आङदोर्जे शेर्पाको जितको सम्भावना प्रबल गरेको बताइएको छ ।
संघको प्रथम उपाध्यक्ष उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष र केही सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय