काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्नुहुँदै भण्डारीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन एमाले अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओली सफल हुनुभएको बताउनुभएको हो ।

ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल हुनुभएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भन्नुभयो ।​​​​​​​

ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गर्नुभयो ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उहाँको भनाइ छ । संसद्मा ओलीले गर्नुभएका भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेकाले पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उहाँको भनाइ छ ।

सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताउनुभयो । उहाँले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय