सिन्धुपाल्चोक । प्रतिफल,पसिनाको कमाई किसानकै हातमा” भन्ने नारा तयगर्दै नगरकोटमा प्रांगारिक उन्मुख तरकारिको छैटौं हाट हजार सञ्चालन हुनुलाई संस्थाले उपलब्धीको रुपमा सार्वजानिक गरेको छ । आस्क नेपालका अध्यक्ष रुकुमदत्त पौडेलले कृषिक्षेत्रमा ब्यबशायिक भएर लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।

No description available.
उहाँले संस्थाको परियोजना अब करिब १ बर्षमात्र रहेकाले संस्था पछि पनि निरन्तर कृषिमा आत्मनिर्भर हुन्छु भन्ने उद्धेश्यले लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा चाँगुनारयण नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष धनबहादुर लामाले संस्थाले मण्डनमा कार्यक्रम गरेपनि त्यसको लाभ चाँगुनारयण नगरपालिकाका नागरिकले पनि लिने भएकाले संस्थाको कामसँगै हाट हजार ब्यबस्थानको लागि आफुले पनि पहल गरिरहेको बताउनुभयो ।
उहाँले दुवै पालिकाले विशेष चासो दिएर हाटबजारलाई दिगोरुपमा अगाडी बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । सहभागि मण्डनदेउपुर र चाँगुनारण नगरपालिकाका वडा अध्यक्षहरुले हाट बजारलाई ब्यबस्थित ढंगले अगाडी बढाउनुपर्ने जोड दिनुभएको थियो । आस्क नेपालका मण्डन देउपुरका शाखा प्रमुख बद्रिप्रसाद माकले नगरकोटमा अहिले संचालन भइरहेको हाट बजार उपयोगी र महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले हाट बजार संगै किसानहरुको कृषिबाली बिमाको कार्यक्रमलाई पनि अगाडि लैजानपर्नेमा जोड दिनुभयो । उहाँले अब स्थानीय तहले पशु विमा संगै कृषि बिमालाइ पनि महत्त्व दिने हो भने किसान हरु ढुक्क भएर कृषि कर्ममा लाग्न हौसला मिल्ने बताउनुभयो । मानव जीवनसाग ,स्वास्थ्य सँग र आम्दानी संग जोडिएको कृषि पेशालाइ ब्यबस्थित ढंगले अगाडि बढाउनपर्ने उहाँको भनाई थियो । कार्यक्रममा कृषि ज्ञानकेन्द्र बागमती प्रदेशका प्रमुख कुलप्रसाद दवाडी , स्थानिय कृषक, संस्थाका विभिन्ने क्षेत्रका कर्मचारि लगायतको आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय