सिन्धुपाल्चोक । सदिक्षा पण्डित “देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१” बाट सम्मानित हुने भएकी छन्। सिन्धुपाल्चोक हेलम्बुकी ११ वर्षीया सदिक्षा कक्षा ७ मा अध्ययनरत छिन् र सामाजिक विषयहरूमा लेखन तथा सक्रियताका लागि चिनिन्छिन्। उनको लेखनले बालविवाह, महिला हिंसा, जातीय भेदभाव, महिनावारी र वातावरणीय मुद्दाजस्ता सामाजिक समस्याहरूलाई उजागर गरेको छ। यस योगदानका कारण उनलाई त्रिदेव पौडेलसँग संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गरिएको हो
पुरस्कारको रासी १,०१,१११ रहेको छ ।
पुरस्कार वितरण कार्यक्रम २०८२ साल वैशाख २० गते शनिबार बिहान ११ बजे नेपाल पर्यटन बोर्डको सभा कक्ष, प्रदर्शनी मार्गमा आयोजना हुनेछ। कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना प्रमुख अतिथि रहनेछिन्। रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले सामाजिक, साहित्यिक र बालबालिकाको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरेको हो
प्रचलित बालविवाह, महिला हिंसा जस्ता भेदभाव, महिनावारी तथा वातावरण आदिका सम्बन्धमा पण्डितले परम्परागत किताबी शिक्षा र समाज सुधारको क्षेत्रलाई एकै साथ अघि बढाएको भन्दै पुरस्कृत गरिने भएको हो ।