काठमाडौ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा संचालन भएको “प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता-२०८१” को उद्घाटन सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यलगायत सिनियर प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।
उद्घाटन खेलका अम्पायर धर्म सुन्दर शाक्यलाई बल हस्तान्तरण गरी समुद्घाटन भएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा नेपाल प्रहरीका खेलाडीहरूले दिलाएको सफलताको स्मरण गर्नुहॅुदै यस प्रतियोगिता संचालनमा नेपाल क्रिकेट संघ (क्यान) ले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय टिम र कर्णाली प्रदेश प्रहरी कार्यालय टिमबीच सम्पन्न पहिलो खेलमा सुदूर पश्चिम प्रहरी कार्यालय टिमले १० विकेटको सहज जित हासिल गर्न सफल भएको थियो । निकैनै लो स्कोरिंग खेलमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय टिमका पेश बलरहरू हाबी भएका थिए ।
त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमले बागमती प्रदेश प्रहरी कार्यालय टिम विरूद्द ४ रनको रोमान्चक जित दर्ता गर्न सफल भएको थियो ।
३ वटा अर्धसतक बनेको उक्त खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमका युवराज सेन वली प्रतियोगिताको पहिलो अर्धसतक पुरा गरेका थिए । कुल १५९ रनको लक्ष पछ्याउने क्रममा पहिलो ओभरमा सुरूवाति २ विकेट गुमाएर पनि सम्हालिएको बागमती प्रदेश प्रहरी कार्यालय टिमले अन्तिम ओभरमा ९ रन बनाउन नसक्दा पराजय बेहोरेको थियो ।
सुरुवाति ३ विकेट पतन पश्चात बिजय घलान र सविन घर्तिमगरको साझेदारीले एक समय जित नजिक पुगेर पनि बागमती अन्तिम ओभरमा चुकेको थियो । बिजय घलानले नट आउट ८२ रन बनाए भने सविन घर्तिमगरले ५३ रन बनाएका थिए ।
५० बलमा ८२ रन र तिन विकेट लिन सफल बिजय घलान उक्त खेलको म्यान अफ दि म्याच हुन सफल भएका थिए ।