काठमाडौ । नेपाल सरकार गृह मन्त्रालयका सचिव गाेकर्णमणी दवाडीले सिन्धुपाल्चाेक संग विशेष सम्बन्ध गासिएकाे बताउनुभएको छ । पुर्व प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका दुवाडीले सिन्धुपाल्चोक संगको सम्बन्धका बारेमा चर्चा गर्नुभयो ।

श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दुवाडीले भुकम्प पछि नागरिकलाई कसरी चाँडाे भन्दा चाँडाे घरभित्र राख्ने भन्नेमा काम गरेकाे स्मरण गर्नुभयाे ।
आफुले पढेकाे विद्यालय र यस विद्यालयकाे नाम मिल्ने भन्दै ईन्द्रावतीमा आफु तेस्राे पटक आएकाे स्मरण गर्नुभयाे । विद्यालयबाट धेरैले विभिन्न क्षेत्रमा आफनाे क्षमता देखाईसकेका भन्दै मुलुकले खाेजेकाे नागरिक उत्पादन गर्न विद्यालयलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । समृद्व नेपाल सुखी नेपालीकाे सपना पूरा गर्न शिक्षामा लगानी आवस्यक रहेकाे उहाँकाे भनाई छ ।
विव्यस अध्यक्ष जीवन कुमार थापामगरकाे सभातीत्वमा कार्यक्रम भएकाे कार्यक्रममा अक्षयकाेषदाता, जग्गादाता, चन्दादाता, लगायत विद्यालयका सम्पुर्ण शिक्षकलाई सम्मान गरिएकाे थियाे । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिनुका साथै अनुशासित छात्र छात्रालाई सम्मान गरिएकाे थियाे ।
२०३१ सालमा स्थापना भएकाे विद्यालयको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले आफु पढेकाे यस विद्यालयलाई सकेकाे सहयाेग गर्ने बताउनुभयाे । साथै आफु गाउँपालिकामा निर्वाचित भएपनि शैक्षिक सुधारमा निरन्तर लागेकाे बताउनुभयाे ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले प्रगती गर्न सबै व्यक्ति धनिका छाेराछाेरी हुन जरूरी नभएकाे बताउनुभयाे । प्रगती गर्न विव्यस, विद्यालय, शिक्षक सहायक चिज भएकाे भन्दै आफुलाई के कस्ताे बनाउने भन्ने अठाेट चै प्रधान कुरा हुने धारणा राख्नुभयाे । डाईनामिक र सकारात्मक साेच भएकाे जीवन कुमार थापामगर जस्ताे विव्यस अध्यक्ष भएमा शैक्षिक गुणस्तर वृद्वि हुन सक्ने उहाँकाे भनाई छ ।
कार्यक्रममा प्रधानाध्यापक शिवराम न्याैपानेले विद्यालयकाे प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयाे । न्याैपानेले आर्थिक बर्ष २०८०/०८१ मा १ कराेड ४२ लाख ५३ हजार ९ सय ९६ रूपैयाकाे आय र व्यय प्रस्तुत गर्नुभयाे । स्वर्ण जयन्तीकाे अवसरमा पुर्व विद्यार्थी तथा चन्दादाता बाट २७ लाख भन्दा धेरै सहयाेग रकम प्राप्त भएकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन कुमार थापामगरले जानकारी दिनुभयाे ।