मेलम्ची । राष्ट्रिय युवासंघ नेपाल मेलम्ची नगर कमिटीको अध्यक्षमा कुमार स्याङ्सदान सर्वसंवत चयन हुनुभएको छ । आज मेलम्चीमा सम्पन्न तेस्रो अधिवेशन बाट उपाध्यक्षमा सुशील तामाङ,सचिबमा छेसाङ तामाङ निर्वाचित हुनुभएको हो । कमिटिको उपसचिवमा श्याम चौलागाईं,दिपक धिताल,कोषाध्यक्षमा रामकृष्ण चौलागाईं गरि २२ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको नवनिर्वाचित अध्यक्ष कुमार स्याङदानले जानकारी दिनुभयो । यसअघि सचीव रहनुभएका स्याङदान अहिले अध्यक्ष हुनुभएको हो ।राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यमा आज मेलम्चीमा तेस्रो अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा पार्टीले केन्द्रिय सदस्य सुवास कर्मचार्या,अनुशासन आयोगका केन्द्रिय सदस्य डम्बर अर्याल,युवा संघका सचिब महेश चौलागाईं लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
