काठमाडौँ । नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ईश्वर कार्की छन् । राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय