सिन्धुपाल्चोक । “मेलम्ची नगर समृद्धिको आधार कृषि, पर्यटन,उद्योग र जलाधार” भन्ने नाराका साथ सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन – २०८१ बुधबार सम्पन्न भएको छ । २०७५ साल पुस १६ गते तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले पहिलो जलबायु सम्मेलनको उद्घाटन गरेसंगै हरेक बर्ष गुफाडाँडामा जलवायु दिवश मनाउने गरीएको हो ।


बिकसित राष्ट्रले उत्सर्जन गरेको कार्वनले नेपाल जस्तो मुलुक पीडित हुन परेकाले ती राष्ट्र बाट क्षतिपूर्ति पाउनु पर्ने, गुफाडाडाँमा २०७५ सालमा पहिलो पटक भएको जलबायु सम्मेलनको दिनलाई राष्ट्रिय जलवायु दिवशको मान्यता दिईनु पर्ने , गुफा डाँडालाई जलवायु अध्ययन केन्द्रको रुपमा विकास गर्नु पर्ने लगायतका विविध बिषयहरुको उठान गर्दै हरेक बर्ष मेलम्ची नगरपालिकाले जलवायु सम्मेलन गदै आएको उप प्रमुख उमा प्रधानले जानकारी दिनुभयो ।


सम्मेलनका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले कार्यक्रमलाई सम्बोधन गर्दै बिकसित देशहरुले बिकासको नाममा जथाभावी गर्नाले पृथ्वीमा बिनाश निम्तीएको बताउनुभयो । उहाँले उद्योग, कलकारखाना, सडक निर्माण लगायतका बिकासका कामहरु गर्दा अनिवार्य रुपमा वातावरणीय प्रभाव मुल्याङकन गर्नुपर्ने भएता पनि ति कुराहरु कागजमै मात्र सिमित हुने र कार्यान्वयन नहुने अवस्थाले पनि झनै समस्या उत्पन्न भइरहेको जिकीर गर्नुभयो ।


मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सरदचन्द्र लामिछाने , बन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, पूर्व कानुन मन्त्री शेरवहादुर तामाङ , प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ , पूर्व प्रदेश मन्त्री निमा लामा, इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्क नाथ नेपाल, पूर्व अध्यक्ष वंशलाल तामाङ, एमाले नेता बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले जलवायु परिवर्तन र यसको असर विषयकमा कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।
समारोह मेलम्ची नगरपालिकाका विद्यालयका विद्यार्थीहरुले विभिन्न भेष भुषा तथा भाषा सस्कृती झल्कने गित तथा नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रिय स्तरका कलाकारले पनि हास्य व्यङग्यं प्रस्तुति गरेका थिए । सोही अबसरमा बेहुली झै सिगारिएको गुफाडाँडामा ७७ वटै जिल्लाको नाम अङ्कित पोलमा नेपालको झन्डा फेरिएको थियो भने पृथ्वीलाई कष्टका साथ मानिसले बोकिरहेको प्रतिमालाई पनि सिंगारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार