मेलम्ची । मेलम्ची नगरपालिका १२ स्थित शिवशंकरेश्वर आधारभुत विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट,टिसर्ट लगायत कपडा वितरण गरिएको छ । आज एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत ५१ जनालाई ट्रयाक सुट,टिसर्ट,टाइबेल्ट जुत्ता मोजा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मधुसूदन धितालले जानकारी दिनुभयो ।

यस विद्यालयमा अध्ययन गरि हाल बिभिन्न देशमा रहेका १६ जनाको ५/५ हजार सहयोगमा उक्त सामग्री वडा अध्यक्ष गणेशबहादुर तामाङ लगायतले हस्तान्तरण गर्नुभएको हाल कोरियामा रहनुभएका पुर्व विद्यार्थी सन्तोष लुइँटेलले जानकारी दिनुभयो ।साथै अक्षयकोष स्थापनाको लागि पं नारायणप्रसाद पौडेलले रु २५१०५ सहयोग गर्नुभएको छ ।सहयोगीलाई वडा अध्यक्ष गणेश तामाङ, प्रधानाध्यापक मधुसुदन धिताल लगायतले धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार