मेलम्ची । नेपाल गोजु–रियो कराँते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो माघ ४ र ५ गते मेलम्चीमा हुने छ । खेलकूदको क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले जानकारी दिनुभयो ।
कराँते खेललाई मेलम्ची नगरपालिका र सिन्धुपाल्चोक जिल्लामा विकास र विस्तार गर्ने,खेलकुदको क्षेत्रबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, मेलम्ची नगरपालिका र सिन्धुपाल्चोक जिल्लाबाट कराँते खेलाडीहरू उत्पादन गर्ने र खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपाल गोजु–रियो कराँते–दो सघं शाखा डोजो मेलम्चीले मेलम्ची नगरपालिकामा मेयर कप कराँते प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रिय स्तरीय कराँते प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । मेलम्ची नगरपालिकाबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराई पदक प्राप्त गर्नुका साथै मेलम्ची नगरपालिकाभित्रका ३ स्थानमा नियमित रूपमा हाल कराँते प्रशिक्षण भइरहेको नेपाल गोजुरियो कराँते संघ बालसुधार डोजोका प्रशिक्षक विजय तामाङले जानकारी दिुनभयो ।
प्रतियोगितामा ७ वटै प्रदेशबाट (पुरुष): २०० (महिला): १५० गरि ३५० जना खेलाडीहरु सहभागि हुनेछन् । खेलमा ४० इभेन्टमा १६० पदकको लागि प्रतिस्पर्धा हुनेछ ।