मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती विशेष माध्यमिक विद्यालय स्तरीय कविता बाचन प्रतियोगितामा सरश्वती माध्यमिक विद्यालयकी छात्रा पुर्णिमा तामाङ पहिलो हुनुभएको छ । त्यस्तै इष्ट पोइन्ट एकेडेमिकी आशिका केसि दोस्रो,भूमेश्वरीकी लक्ष्मी सुनार तेस्रो र सर्बोदय माध्यमिक विद्यालयकी सिर्जना तामाङ र बोधिसत्व मोडल स्कुलका सिदार्थ पुरीले सान्त्वना स्थान हासिल गर्नुभएको विद्यालयका प्रधानाध्यापक यम ज्योतिले जानकारी दिनुभयो । पहिलो,दोस्रो,तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने विद्यालयले क्रमश ४ हजार,३हजार,२ हजार र १–१ हजार पुरस्कार प्राप्त गरेका छन् । विजेता विद्यार्थीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायत प्रतिष्ठानका सदस्यहरु,कवि तथा साहित्यकारहरुले पुरस्कार वितरण गर्नुभएको थियो । कविता बाचन प्रतियोगिताको डाक्टर रमेश शुभेच्छु, माधव घिमिरे अटल र जयराम विडारीले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका १६ जना विद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार