सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा धर्म गुरु ड्रिकुङ क्यावगोन तेन्जिङ कुन्जाङ ठिन्ले ल्हुन्डुप छेचाङ रिन्पोछे आउने हुनुभएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको निमन्त्रणमा भोलि शुक्रबार धर्मगुरु रिन्पोछे हेलम्बु आउने हुनुभएको हो ।

भोलि ५ गते हेलम्बु ६ स्थित बोधिसत्व मोडेल स्कुलमा धर्मगुरुबाट जम्बे याङको हुङ छेवाङको फोवा दिने कार्यक्रम रहेको छ भने हेलम्बु ग्रेट टे«लमा रहेको स्तुपामा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।

धर्मगुरुले हेलम्बुमा निमार्णाधिन चीनको ग्रेटवालको झल्को दिने खालको ग्रेट टे«लको समेत अवलोक गर्नुहुनेछ । बोधिसत्वमा पुजा सक्केपछि गाउँपालिकाको वडा नम्बर १ स्थित मिला रेपा गुफा समाज सेवा संघ एवम् ह्योल्मो ताफुक सिङ्गे जोङ ङिधेन लिङ्ग गुम्बामा ६ गतेका दिन शुभ स्वास्थ्य र दीर्घायुको कामनाका लागि छेवाङ तथा मिला ल्हाढुपा, फोवाको वाङ लुङ (अभिषेक) हुने अध्यक्ष शेर्पाले बताउनुभयो ।

पवित्र धार्मिक एवम् तपोभूमि हेलम्बुमा धर्मगुरु ड्रिकुङ क्यावगोन तेन्जिङ कुन्जाङ ठिन्ले ल्हुन्डुप छेचाङ रिन्पोछे आउनुले हेलम्बुको गरिमा बढ्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन पनि यस कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने शेर्पाको भनाई छ । ड्रिकुङ क्यावगोन तेन्जिङ जस्तो धर्मगुरु आएको पवित्र स्थलमा अन्य धर्मगुरु समेत आउने भएकाले हेलम्बुको पर्यटकमा समेत टेवा पुग्ने शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय