सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ६ मा रहेको ढुंगानागाउँ सामुदायिक बनका पदाधिकारीहरूलाई एक दिने नर्सरी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
मेलम्ची नगरपालिकाको समन्वय र रिड नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय मेलम्चीका प्रमुख बच्चुराम पुडासैनी, फरेस्टर कृष्णप्रसाद दाहालले सहभागीहरूलाई ब्याड राख्ने,बिउ छनोट,बिरुवा रोप्ने,गोडमेल गर्ने लगायतका बारेमा जानकारी गराएको रिड नेपालका परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो ।
![](http://subhatime.com/wp-content/uploads/2025/01/5-e1735997609419.jpg)
कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले व्यवसायीक बन्नका उपभोक्ता समितिलाई सुझाव दिनुभयो ।
संस्थासँगको सहकार्यमा नगरपालिकाले धेरै जनालाई सिपमूलक तालिम प्रदान गरेको स्मरण गर्दै उपप्रमुख प्रधानले आगामी दिनमा सिकेका सिपलाई व्यवहारमा लागु गर्दै जानुपर्नेमा जोड दिनुभयो ।