मेलम्ची । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्क रहन र सावधानी अपनाउन आग्रह गर्नुभएको छ । आफु हनि ट्र्यापमा परि ब्ल्याक मेलिङको सिकार हुन पुगेको भन्दै उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

करिब ३ बर्ष अगाडि एक महिलाबाट आएको फेसबुक फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा सो महिलाले भिडियो कल गरेर कलमा अभद्र कुरा गर्न थालेपछी आफु टाढा हुन खोज्दा आफ्नो टाउको अन्य ब्यक्तिको नाङो शरिरमा जोडेर आफुलाई ब्ल्याक मेलिङ गर्न थालेको उहाँले उल्लेख गर्नुभएको छ । अन्य ब्यक्तिसंग आफ्नो टाउको जोडिएर बाहिर आएको भिडियोलाई लिएर अहिले केही समुहले आफ्नो पारिवारिक , सामाजिक र राजनैतिक खण्डित गर्ने, प्रभाव पार्ने कुन्सित मनसायले मिडियाको समेत प्रयोग गरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष लामाले उक्त बिषय साइबर क्राइम भएको र आफुलाई हनि ट्र्यापमा पार्न खोजेको आवास भएपछी उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौ र साइबर ब्युरोमा निवेदन दर्ता गरि अनुसंधान गर्दा ती महिला बिदेशमा बसेर त्यस्तो कार्य गरेको भन्ने खुलेको लामाले उल्लेख गर्नुभएको छ । ३ बर्ष अगाडिको कसैले पैसाको मोलमोलाइ गर्न आफु लाई ट्र्यापमा पारेको विषयलाई लिएर आफ्नो विरुद्धमा गलत प्रचार गरिएको भन्दै लामाले आपत्ति समेत जनाउनुभएको छ । त्यस्ता भ्रामक र कपोल्कल्पित तथ्यहिन विषयलाई समाचार बनाएर गैर व्यावसायिक पत्रकारिता गर्ने मिडिया बिरुद्द प्रेस काउन्सिलमा मुद्दा दर्ता गराएको समेत लामाले जानकारी दिनुभयो । यसैबीच अध्यक्ष लामाको विरुद्ध समाचार लेख्ने दियो पोष्ट अनलाइनलाई प्रेस काउन्सिल नेपालले बिषेश अनुगमन गर्ने जनाएको छ ।

अध्यक्ष टासी लामाको भनाई जस्ताको त्यस्तै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार