मेलम्ची । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा र मेलम्ची नगरपालिकाको समन्वयमा मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा स्थानियतह स्तरिय शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक ( एसपि ) सन्तोष खड्काले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मातहतका कार्यालयबाट शान्ती सुरक्षा, अपराध नियन्त्रणमा भैरहेका कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
उपरीक्षक खड्काले चोरी, डकैती जस्ता घटनाबाट बच्न आफू स्वयम् चनाखो हुन अनुरोध गर्नुभयो । उहाँले नजिकिँदै आएको चाडपर्वमा त्यस्ता घटना हुने भएकाले यस्ता घटना हुन नदिन सबैमा आग्रह गर्नुभयो । खड्काले यस्ता घटना भएमा नजिकैको प्रहरी कार्यालयमा खवर गरि अनुसन्धान लाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । उहाँले अहिले पछिल्लो समय सामाजिक संजाल मार्फत ठगी जस्ता घटना बढेकाले यस्ता घटना बाट बच्न र बचाउन सचेतना मुलक कार्यक्रमहरु सुरु गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानिय तहमा जस्तो सुकै अपराधिक घटना घटे पनि सके सम्म सुरक्षा निकायलाई खवर गर्न आग्रह गर्नुभयो । उहाँले प्रहरीमा सम्पर्क नभए सिधै आफुलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभयो । उहाँले कतिपय घटनाको सत्य तथ्य छानबिन गर्नका लागी हामी बर्दी बिनाको प्रहरि भएका कारण प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि नगर प्रमुख तामाङले गाउँघरमा होहल्ला गर्ने, सवारी साधनहरु चर्को आवाजमा चलाउने जस्ता कार्यभएकाले यस्ता कार्यरोक्न प्रहरिलाई अनुरोध गर्नुभययो । स्थानिय सरकारको प्रमुखको नाताले प्रहरिको अनुसन्धान तथा कार्यक्रममा सदैव साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उप प्रमुख एवम कार्यक्रमका विषेश अतिथी उमा प्रधानले कस्ता घटना अपराध हो भन्नेबारे बुझ्न आवश्यक रहेको बताउनुभयो । आफू न्यायीक समिती संयोजक भएका कारण धेरै अपराध हरु बुझेको भन्दै कति अपराधहरु जिल्ला प्रशासन कार्यलय, देखी प्रहरी कार्यालय सम्म पुक्दा पनि यस्को समाधान हुन नसकेको स्मरण गर्नुभयो ।
बिशेष अतिथी प्रधानले चाड पर्वको बेलाबदेखासिकी र खर्चिलो बढी हुने हुँदा देखासिकि नगरि कम खर्चमा मनाउन आग्रह गर्नुभयो । समाजमा चाडपर्वका नाममा खेलिने जुवाताज जस्ता कार्यलाई रोक्न सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला भरिका शान्ती सुरक्षा र अपराधको बारेमा र सेवा प्रवाहका बारेमा जानकारी गराउनुभएको थियो ।
मेलम्ची नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण मुरारी चौलागाईं, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराई,अनुसन्धान कार्यालय सिन्धुपाल्चोकका उपनिर्देशक राजन प्रजापती ससस्त्र प्रहरी बल मेलम्चीका ससस्त्र प्रहरी नायब उपरीक्षक लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकार किरण थापाको अध्यक्षतामा भएको कार्यक्रम संचालन इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित स्थानियहरुले वडा तथा प्रहरी कार्यालय लगायत विभिन्न सेवा प्रदायक निकायले प्रवाह गर्ने सेवामा गुनासो ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार