सिन्धुपाल्चोक । आशादिप बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भक्त बहादुर पुरीको अध्यक्षतामा बिहिबार आयोजित सभामा पाँचपोखरी थाङपाल गाउँपालिका सहकारी बिभागका प्रमुख तथा वडा नम्बर ५ का वडाअध्यक्ष काले गोलेको प्रमुख आतिथ्य तथा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सुके तामाङको विशेष आतिथ्य र अन्य सहकारीकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।


साधारण सभामा विशेष अतिथी सुके तामाङले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नभई विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताउनुभयो । उहाँले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भावनाको वृद्धि गर्नु पर्ने औल्याउनुभयो । उहाँले सहकारीमा आबद्ध हुदाँ बिभिन्न अफ्ठेरो परीस्थितीमा सहज हुने भएकाले आफुपनि आशादिप बचत तथा ऋण सहकारी संस्थाको शेयर सदस्य बनेको जानकारी दिनुभयो ।
कार्यक्रममा सुपरिचित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गिता धिताल, पाँचपोखरी थाङपाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धिताल, पाँचपोखरी थाङपाल गाउँपालिका सहकारी शाखा प्रमुख धुव्र लामिछाने लगायतका अतिथिहरुले संस्थाको ११ औं बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अथिती पाँचपोखरी थाङपाल गाउँपालिका सहकारी बिभागका प्रमुख काले गोलेले सहकारीकर्मीहरुले सहकारी ऐनको परीधिमा रही वित्तिय क्षेत्रमा आउन नसकेको पूँजीलाई वित्तिय क्षेत्रमा ल्याउन सकेकोमा खुशि व्यक्त गर्दै संकलित पूँजीको सूरक्षणको दायित्व पनि सहकारीकर्मीहरुको नै रहेकोले वित्तिय अनुशाशन भुल्न नहुने उहाँको भनाइ थियो । उहाँले गाउँपालिका भित्रमा उत्कृष्ट सहकारीको रुपमा आशादिप बचत तथा ऋण सहकारी संस्था रहेकाले आगामी दिनमा अझै बित्तिय अनुशासन कायम गरेर सबैलाई सहकारीमा गोलबद्ध गर्दै अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।


सभामा संस्थाको सचिव महेशदास श्रेष्ठले तयार पार्नुभएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ब्रम्हलाल श्रेष्ठले तयार पार्नुभएको आर्थिक प्रतिवेदन भेलाले सर्वसम्मत पारीत भएको संस्थाका लेखा समिति संयोजक सुर्यमान दोङले जानकारी दिनुभयो । संस्थाको गत आर्थिक वर्षमा शेयर पूँजी ५३ लाख ४३ हजार ३००, बचत तथा निक्षेप संकलन १ करोड ३७ लाख ४६ हजार २९० रुपैँया र शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा २ करोड २० लाख ८९ हजार ३ सय ९९ रुपयाँ ऋण लगानी रहेको छ । आव २०८०र०८१ मा संस्थाले १५ लाख १ हजार ७७६ रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ । जसबाट शेयर सदस्यहरुले १५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् ।


बिहिबारनै भएको संस्थाको अबिधेशनले पुरानै संचालक समितिलाई संर्वसम्मत रुपमा अर्को कार्यकालको लागि चयन गरेको छ । जसमा अध्यक्ष भक्त बहादुर पुरी, उपाध्यक्ष रविन कुमार पुरी, सचिव महेशदास श्रेष्ठ, कोषाध्यक्ष ब्रम्हलाल श्रेष्ठ रहनुभएको छ । संचालक समितिको सदस्यहरुमा सरला राई दनुवार, मनोज कुमार दोङ, दिनेश श्रेष्ठ, चण्डिका धिताल, र राधिका धिताल रहनुभएको छ । लेखा समितिको संयोजकमा सुर्यमान दोङ, निर्मला धिताल र बुद्धिमाया गुरुङ रहनुभएको संस्थाका व्यवस्थापक ठाकुर धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय