सिन्धुपाल्चोक । हृदय रोग निवारण प्रतिष्ठान सिपाघाट इकाईको आयोजना तथा इन्द्रेश्वर योग साधना केन्द्र सिपाघाटको सह आयोजनामा आज सिपाघाटमा एक कार्यक्रम  सम्पन्न भएको छ ।

विश्व मुटु दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिपाघाट इकाईको आयोजना तथा इन्द्रेश्वर योग साधना केन्द्र सिपाघाटको सह आयोजनामा नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिपाघाटका संयोजक रमेश ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा योग गुरु ग्रुबेन तौजले एक घण्टा मुटु रोगबाट बच्ने उपाय सम्बन्धी योग अभ्यास गराउनु भयो । साथै प्रमुख अतिथि सोमप्रसाद ढकालले मुटुलाई माया गर्दै मुटु रोग निवारणमा सबै सजग भएर लाग्नु पर्ने बताउनुभयो।  

कार्यक्रममा बोल्दै प्रतिष्ठान अध्यक्ष टीका भक्त भोछिभया र पतञ्जलि काभ्रे अध्यक्ष प्रकाश कायस्थले मुटु रोगको विषयमा सचेतना मूलक मन्तव्य राख्नुभयो । सभापति रमेश ढकालले मुटु रोग लाग्न बाट बच्ने १० उपाय बुँदागत रूपमा बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नेलगायत उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि मण्डनदेउपुर नगरपालिका वडा न ६ का अध्यक्ष सोम प्रसाद ढकाल , विशिष्ट अतिथि नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रेका अध्यक्ष टीका भक्त भोछिभया,वरिष्ठ उपसभापति तथा पतञ्जलि योग समिति बागमती प्रदेशका अध्यक्ष गुरु ग्रुबेन तौजले , उपसभापति सिद्धिबहादुर कर्माचार्य ,पतञ्जलि काभ्रेका अध्यक्ष प्रकाश कायस्थ ,हृदय रोग काभ्रेका सचिव हरिशरण श्रेष्ठ ,सरिता शाक्य,लक्ष्मी उलक,सुन्दर प्रसाद रन्जितकार,स्थानीय सङ्घ संस्थाका प्रतिनिधि,समाजसेवी ,प्रहरी चौकी सिपाघाटका प्रतिनिधि ,इन्द्रेश्वर योग साधना केन्द्रका योग साधक साधिका ,नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिपाघाटका सदस्यलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार