पाँचपोखरी ,सिन्धुपाल्चोक
नेकपा(एमाले) स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङले गत असार ३० गते राती ईन्द्रावती नदिमा आएको भिषण बाढीबाट क्षतिग्रस्त क्षेत्रको प्राबिधिक टोली सहित निरीक्षण गर्नु भएको छ ।उहाँले हिजो साउन ३ गते याङ्री नजिक सम्म पुगि क्षतिग्रस्त स्थानहरुको निरीक्षण गरि क्षतिग्रस्त झोलुंगे पुलहरुको तत्काल पुनर्निर्माण गर्न पहल गर्ने स्थानीय बाढी पिडितहरुलाई आश्वासन समेत दिनु भएको छ ।सो निरीक्षण कार्यक्रममा मेलम्ची खानेपानी बिकास समितिका प्रबक्ता एबं सिनियर डिभिजनल ईन्जिनियर राजेन्द्र प्रसाद पन्तले बिकास समितीले मेलम्ची भोताङ सडक खण्डको उत्तिसघारी र ड्याम साईड क्षेत्रमा सम्भव भएसम्म छिटो पक्की संरचना निर्माण गरिने बताउनु भयो । भ्रमणका क्रममा पाँचपोखरी थाङपाल पालिकाकी उपाध्यक्ष सुनिता अधिकारी ,प्रबक्ता नारायण भट्टराई ,बिपद ब्यबस्थापन शाखा प्रमुख नारायण क्षेत्री ,कुमार बस्नेत,दीपेन्द्र पौडेल लगायतको उपस्थितिमा छोटो अन्तरकृया समेत गरिएको स्थानीय निर्मल बन्जाराले बताउनु भयो ।गत असार ३० राती लार्के खोला थुनिएर ईन्द्रावती नदिमा गएको भीषण बाढीबाट तीनवटा झोलुंगे पुल ,निर्माणाधिन चिन्डे जतन मोटरपुल,सयौं रोपनी खेतीयोग्य जमिन समेत बगाएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2020-2025, All Right Reserved subhatime.com | Website by Nabin Bhatta