काठमाडौँ/ काठमाडौँको बौद्धस्थित अरुणिमा शैक्षिक प्र्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष श्री भीमानन्द ढुङ्गानाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरू, अभिभावक तथा अतिथिहरूलाई अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गर्नुभएको थियो ।


उक्त समारोहमा प्र्रतिष्ठानअन्तर्गत सञ्चालित अरुणिमा मा.वि., बौद्धका ११० जना, नव अरुणिमा मा.वि., आरुबारीका ३९ जना र अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका ४३ जना विद्यार्थीहरू गरी जम्मा १९२ जना विद्यार्थीहरू सम्मानित भएका थिए । विद्यार्थीहरूलाई खादा लगाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।


परीक्षामा सम्मिलित भई उत्कृष्ट नतिजा प्र्र्राप्त गर्ने अरुणिमा मा.वि., बौद्धका प्रतीक तामाङ र अभि कुमार सुवेदी, नव अरुणिमा मा.वि. आरुबारीका दिव्यांशु रिसाल एवम् अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका कृष्मा थापालाई नगद पुरस्कार सहित अभिनन्दन गरिएको थियो । सो समारोहमा प्र्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्र्रतिष्ठानको समग्र्र शैक्षिक कार्यक्रमबारे प्रकाश पार्नुभएकोे थियो ।


कार्यक्रमका प्रमुख अतिथिले शिक्षाक्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै योगदानको निरन्तरता रहिरहोस् भन्ने कामना व्यक्त गर्नुभयो । विद्यार्थीहरूका नृत्य तथा साङ्गीतिक प्रस्तुति तथा प्र्रसिद्ध हाँस्य कलाकार श्री सुबोध गौतमको प्रस्तुतिले समारोह थप रोचक बन्न पुगेको थियो । विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ६ सयभन्दा बढी व्यक्तित्त्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार