काठमाडौ । शुक्रबार देखि परेको अविरल वर्षाका कारण पहिरोले रुख ढल्दा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ भोटेमाम्लाङमा २ घरमा क्षती गरेको छ । स्थानीय ईश्वर गिरी र ओम गिरीको दुईवटा घरमा क्षती गरेको वडा नं ७ का वडा अध्यक्ष सुके तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटा घर पुणर् रूपमा क्षति भएको अवस्था छ । उक्त घरमा मानवीय क्षती नभए पनि अन्नपात र दैनिक उपभोग्य सामग्री राखिएको तामाङले बताउनुभयो । थप क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ ।
