पाँचपोखरी । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले विपद् पूर्व तयारीका साथ गाउँपालिकाले काम गरिरहेको बताउनुभएको छ । आज विपद व्यवस्थापन समितिको वैठकमा अध्यक्ष लामाले आइपर्ने विपद् सामना गर्नका लागी जनप्रतिनिधि,सबै राजनितिक दल,सघं संस्था,समुदाय,सुरक्षा निकाय, कर्मचारीसँग समन्वय गर्दै अगाडी बढ्ने कुरामा आफु सक्रिय रहेको बताउनुभयो । उहाँले विपद्का बेला सहयोग गर्न समेत आह्वान गर्नुभयो ।


आज बसेको बंैठकले मनसुन पुर्व तयारीमा प्राक्टिकल एक्सन र सिडिइसिएफ् सँगको संस्थाले गरेका तयारीका विषयमा छलफल गर्दै स्टेचर र साईरन समुदाय स्तरमा वितरण गनर्,े नेपाल रेडक्रस सोसाईटीले तत्कालका लागि कुनै विपद्जन्य घटना भएमा उपलब्ध सामग्री वितरण गर्ने र थप सामग्रीका लागी नेपाल रेडक्रस सोसाईटि लगाएत अन्य संघ संस्थालाई अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत तथा विपद् ब्यबस्थपन समितिका सचिव नारायण क्षेत्री जानकारी दिनुभयो ।


त्यस्तै वर्षा तथा हावापानि मापन केन्द्रको पालिका आफैँले घेराबार गर्ने र यसको सम्पुर्ण लागत आ.व. २०८१÷०८२ को विपद शिर्षकबाट खर्च गर्ने, हेरालु राख्ने निर्णय भएको छ ।
३ सय थान न्याविन जाली तत्काल खरिद गर्ने र प्राविधिको स्टिमेटको आधारमा मात्र वितरण गर्ने, मुख्य सडक सहज सञ्चालन गर्नका लागि पालिकाले वडा ३, ४, ५, ६, ७ र ८ वडा १ र २ को लागि सञ्चालनमा रहेका जे.सि.भी. मेशिनको लगत निकाल्ने र आवश्यकता अनुसार प्राविधिको स्टेमिटको आधारमा कार्य सञ्चालन गर्ने, मुख्य सडक अनुगमन गरि ग्रावेलिङ्ग गर्ने र मनसुन जन्य विपदबाट क्षेतीभएका मुख्य सडकहरु मर्मत संभारका लागि एक वडामा २ जना भन्दा नबढ्ने गरि दुई महिनाका लागि तत्काल हेरालु राख्ने निर्णय भएको क्षेत्रीले जानकारी दिनुभयो ।


प्रकृतिमा आधारित पहिरो रोकथाम गर्नका लागि तत्कालै प्राक्टिकल एक्सन र सिडिइसिएफ् को साझेदारीमा कार्य सञ्चालन गर्ने निर्णय भएको छ । कार्यक्रममा प्राक्टिकल एक्सनका तर्फबाट परियोजना अधिकृत पविना खड्काले विपद्का क्षेत्रमा संस्थाले गर्ने र गरिरहेका कामकम बारेमा जानकारी गराउनुभयो । त्यस्तै नेकपा एमालेका पार्टी प्रतिनिधि विजय पौडेल,माओवादी केन्द्र गाउँपालिका कमिटिका अध्यक्ष दिलबहादुर वाइबा,नेपाल रेडक्रस सोसाइटिका सुर्यबहादुर अधिकारी लगायतले आफ्नो सुझाव दिनुभयो । सहभागीहरुले आगामी दिनमा विपद्का क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार