काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गनुभएको हो  ।

महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिनुभएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन् । जसमा ढलरहित नदीलगायत रहेका छन् ।

काठमाडौँ महानगरले गत बर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक बर्षमा महानगरले १० अर्ब ८० करोडको राजस्वसहितको आम्दानी गरेको र हाल महानगरको बैंक खातामा १३ अर्ब २३ करोड रहेको डंगोलले जानकारी दिनुभयो  ।

महानगरले गत बर्षको बजेटको ९ अर्ब ३३ करोड मात्र खर्च गरेको उनले बताएकी छन्, जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो ।   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय