सुशील सुवेदी
सिन्धुपाल्चोक
। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२( वि स ५७७) को अभिलेख सहितको शिवलिङ्ग भेटिएको छ ।
इन्द्रावतीको साबिक भोटसिपा गाविस वडा नं ८ मा लिच्छवि लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा ६ पङ्क्तिको प्राचीन लिच्छवि लिपि युक्त अक्षर भेटिएको हो ।


इन्द्रावती गाँउपालिकाले गाउँ पालिकामा रहेका प्राचीन पुरातात्विक एवम् एतिहासिक सम्पदाहरुको खोज एवम् अभलेखिकरण गर्न हिमवत्खण्ड मिडिया प्राली मार्फत विज्ञ अनुसन्धान कर्ता सहितको टोली खटाएकोमा उक्त लिच्छविकालीन अभिलेख भेटिएको हो । अक्सफोर्ड विश्व विद्यालयका प्राध्यापक एवम् लिपि विज्ञ तथा इतिहासकार प्रा डा दिवाकर आचार्यको भनाई अनुसार सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गापा महादेवटारमा भेटिएको शिवलिङ्गको फुटेको जलहरीमा उत्कीणर् संवत् ४४२( शकसंवत् मान्दा वि स ५७७) पौष ५ मिति अङ्कित राजा वसन्तदेवको पालाको यस शिलालेखमा राजाको नाम भने नलेखिएको आचार्यले बताउनु भयो । काठमाडौ उपत्यका बाहिर फेला परेको तर सिधै शासकिय केन्द्र संग सम्बन्ध भएका मानिस संग सरोकार राख्ने यस अभिलेखको विशेष महत्व छ आचार्यले भन्नुभयो । यस महादेवटार अभिलेखबाट लिच्छविकालको राजपरिवार पछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्य र उनको समस्या ग्रस्त चरित्र एंवम् सन्देहास्पस्द अवसानको सुचना मिलेको आचार्यको भनाई छ ।

उहाँका अनुसार भीमगुप्तले देवगुप्त नाम गरेका छोरा जन्माएका थिए । आफ्ना पिताको चरित्र र जिवनशैलिको अनुकरण गर्न खोज्ने तिनले आफु यसरी शिशु नै भएपनि ’गरे’ अनि नीति विपरितको जिवनशैली र असान्त वुद्वि भएका तिनमा कलियुगको डरलाग्दो दोष पस्यो भनेर अभिलेखमा भनिएको छ!
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावती गाउँपालिका महादेवटार अझ आफ्नै जन्मस्थान गाउँमा लिच्छविकालीन अभिलेख भेटिदा अत्यन्तै खुसि लागेको बताउनुभयो ।
उहाँले सो स्थानको सुरक्षा र उत्खननका लागि पुरातत्व विभाग मार्फत पहल थालिसकेको र यो आर्थिक बर्षमा उत्खनन गर्न गाउँपालिकाले बजेट समेत व्यवस्थापन गरेको बताउनु भयो । उँहाँले महादेवटारमा पुरातत्व विभागका महानिर्देशक समेतको भ्रमणपछि आफु झन विभाग र केन्द्र सरकार सग आशावादि रहेको बताउनुभयो ।
इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुणर् प्रसाद दुलालले गाउँपालिकामा लिच्छविकालीन अभिलेख भेटिनु र गाउँपालिको खोज अनुसन्धान र पहलले सार्थकता पाउँदा आफु झन उत्साहित रहेको बताउनुभयो ।
इन्द्रावती गाउँपालिकाका प्रवक्ता एव वडा नं ५ का वडा अध्यक्ष शसिनाथ आचार्यले सम्पदा र संस्कृति, जात्रा परम्परामा हामि सिन्धुपाल्चोक जिल्लामै अबल थियौ अझ झन लिच्छविकालीन प्रमाण नै भेटिएपछि सबै झन प्रफुल्ल भएको बताउनुभयो ।
इन्द्रावती गाउँपालिका भित्रका प्राचीन सम्पदाको खोज अनुसन्धानको जिम्मेवारी पाएको हिमवत्खण्ड मिडिया प्रालीका प्रमुख श्रीकृष्ण धिमालले गाउपालिकाले दिएको जिम्मेवार सफलता पुर्वक सम्पन गरेको र अनुसन्धानको क्रममा लिच्छविकालिन अभिलेख सङ्गै मल्लकालिन अभिलेख शाहकाल र राणाकाल सम्मको अभिलेख फेला पारेको र लिच्छविकालिन सरस्वतिको मुर्ति पनि भेटिएको बिताउनुभयो । सिन्धुपाल्चोक जिल्ला सगै अविरल बग्दछ इन्द्रावतीको प्राचिनता स्वणर् अक्षरले लेख्न पाउँदा हर्षको सिमा नभएको धिमालको भनाई छ ।
अनुसन्धानमा हिमवत्खण्ड मिडिया प्रालिले पुरातत्व विभागका पुर्व उपसचिव मोहनसिंह लामालाई समेत सहभागी गराई प्रतिवेदन तयार गरी गाउँपालिका समक्ष प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार